भट्टराईले शनिवारको सचिवालय बैठकमा विना मापदण्ड टिकट बाडियो भन्दै नोट अफ डिसेण्ट लेखेका थिए । सो चार बुँदे नोट अफ डिसेण्ट आइतबार पार्टी कार्यालयमा दर्ज गराएका छन् । उनको नोटअफ डिसेण्टपछि सिन्धुपाल्चोक, कञ्चनपुर, झापाको क्षेत्र न.४ लगायतका केही क्षेत्रका सुधार गरिएको र उम्मेदवार परिवर्तन गरिएको भएपनि उनलाई भने ओलीले टिकट दिएनन । भट्टराईलाई छाडेर युवा संघका अध्यक्ष क्षितिज थेवेलाई अघि सारे ।
काठमाडौं, ४ माघ ।
एमालेभित्र आशाका किरणले हेरिएका दुई नेताहरुलाई प्रतिनीधि सभा सदस्यको टिकटबाट बन्चित गरिएसँगै भीम रावल भाग २ दोहोरिने शंका बढेको छ । एमालेभित्र चर्चित र लोकप्रिय नेताहरु उपमहासचिव योगेश भट्टराई र गोकुल बाँस्कोटालाई ११ औं महाधिवेशनको रिस फेर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भीम रावल प्रकरण दोहोरिने शंका गरिएको हो । यद्यपि एमाले उपमहासचिव भट्टराईले टिकट वितरणबाट कोही पनि विचलित नहुन आग्रह गरेका छन् । जनताबाट टाढा राख्ने र निर्वाचन क्षेत्र खोस्ने नीति अनुरुप भट्राई र बास्कोटालाई टिकट नदिएको एमालेका नेताहरुले बताएका छन् । एमालेभित्र मात्र होइन बाहिर समेत भट्टराई र बाँस्कोटाको क्रेज बढिरहेको बेला ओली र उनीको कोटरीमा रहेको समूहले दुई नेताहरुलाई टाढा राखेको बताइएको छ ।
भट्टराईले शनिवारको सचिवालय बैठकमा विना मापदण्ड टिकट बाडियो भन्दै नोट अफ डिसेण्ट लेखेका थिए । चार बुँदे नोट अफ डिसेण्ट आइतबार पार्टी कार्यालयमा दर्ज गराएका छन् । उनको नोटअफ डिसेण्टपछि सिन्धुपाल्चोक, कञ्चनपुर, झापाको क्षेत्र न.४ लगायतका केही क्षेत्रका सुधार गरिएको र उम्मेदवार परिवर्तन गरिएको भएपनि उनलाई भने ओलीले टिकट दिएनन । भट्टराईलाई छाडेर युवा संघका अध्यक्ष क्षितिज थेवेलाई अघि सारे ।
बास्कोटा ओलीसँग मागेर टिकट नलिने अडानमा थिए । तर ओलीले माग्न आए मात्र दिने भन्दै चुपचाप बसेका थिए। बास्कोटको स्थानमा अशोक व्याजुलाई अघि सारिएको छ । व्याजुको टिकट निश्चित भएपनि उनले चुनाव जित्न कठिन हुने भन्दै मेयरबाट राजिनामा दिएका छैनन । बास्कोटाले टिकट नपाएपछि एमाले सचिव महेश बस्नेत पनि झस्किएका छन् । उनले भक्तपुर २ प्रभावित हुने शंकामा गरेका छन् । भक्तपुर २ मा काभ्रेका धेरै मतदाता रहेका कारण गोकुलको टिकट प्रभावित भएपछि बस्नेत झस्किएका हुन् । काभ्रेपलान्चोक क्षेत्र नम्बर २ मा पनि एमालेले यस्तो निर्णय गरेपछि बस्नेत ओली निवासमा रहेका छन् । यसअघि सो क्षेत्रबाट उम्मेदवार बन्दै आएका गोकुल बास्कोटालाई टिकट नदिई अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाइर प्रतिरोध लिएको विष्यामा ओली क्याम्प पनि भूइचालो गएको छ । काभ्रे २ बारे पनि शनिबारको सचिवालय बैठकले टुंगो लगाउन सकेको थिएन। त्यसपछि टिकट कसलाई दिने अधिकार ओलीले लिएका थिए ।
बास्कोटाले महाधिवेशनमा ईश्वर पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिएर पराजित भएका थिए। उनी कुनै समय ओलीको सबैभन्दा विश्वासपात्र थिए । ओली प्रधानमन्त्रीहुँदा सञ्चारमन्त्री बनेका उनी ओलीको बालकोटमा रहेको घर कुर्नसम्म बसेका थिए । पछिल्लो यो घट्नाक्रमले उपमहासचिव भट्टराई र बाँस्कोटलाई टिकट नदिदा भीम रावल प्रकरण दोहोरिने आशंका गरिएको छ ।
