म भन्छु भाद्र २३ गते मध्य दिन सम्म हाम्रा जेन जी पुस्ताले शान्तिपूर्ण प्रदर्शन मार्फत भ्रष्टचार नियन्त्रण र सुशासन मागेका थिए । मध्य दिन पछि त्यो आन्दोलनमा घुसपैठ गर्दै उत्तेजना सिर्जना गरियो/ गराइयो । त्यसपछि उत्पन्न अनपेक्षित परिस्थितिको सामना गर्न राज्य निकायले ठिक ढंगले सकेन , सँयम गुम्यो जसको परिणाम अनपेक्षित र दुखद हताहती भयो । भाद्र २४ गते देशभर आतंक मच्चाउन चाहनेले जे गर्न खोजेका थिए त्यही भयो । त्यसपछि देश जल्यो , जे जे नहुनु पर्ने थियो त्यही भयो । अनि त्यही विडम्वनापूर्ण अवस्थामा टेकेर जननिर्वाचित संसद विगठन गराइयो , संविधाननै सिध्याउने सम्मका कोशिस गरिए जसलाई यहाँ तस्विर राखिएका जेन जी अगुवाहरुले जोगाए । त्यसैले एक ढंगले देश , लोकतान्त्रिक गणतन्त्र , संविधान र राष्ट्रपति जोगाउने कुराको नेतृत्व गर्ने जेन जीका असली नेताहरुलाइ म सोध्न चाहन्छु ;

१. के भाद्र २३ गते मध्य दिनपछि संसद भवन जलाउने तपाईंहरुको सोच भित्रको कुरा थियो ? त्यहाँ प्रदर्शनलाइ उत्तेजित पार्न अनेकन मानिसहरु आएको देखे पछि यहाँहरुले नै अव यहाँ बस्नु उचित छैन भन्दै फर्कन र फर्काउने काम गरेको हैन ?
२. अनि भाद्र २४ गते देशको पहिचान मेटिने हिसाबले आगजनी गर्ने यहाँहरुको सोच विचार वा कर्म हो त ?
३. भ्रष्टचार नियन्त्रण होस , सुशासन होस भनेर जननिर्वाचित सरकार र संसदलाइ आवश्यक कदम चाल्न दवाव दिन आयोजित प्रदर्शनमा घुसपैठ भएर हुने नहुने भैसके पछि सरकार र संसद विगठन सम्मका माग कहाँ कुन कालो कोठारीमा उठ्यो ? भन्नुस तपाईंहरुको माग थियो नया सरकार र संसद ?

उल्लेखित तिन सवालको जवाफमा हो हामीले यही खोजेका थियौं भनेर असली जेन जीका यी चार असल नेताले भन्नु भयो भने अनि हामि पनि त्यस दावीलाइ पुष्टि गर्ने थप तथ्य खोजौंला तर अहिले सम्म हेर्दा बुझ्दा चाहिं वहाँहरुले देश र जनताको हितमा उठाएको मुद्दालाइ ओझेल पारेर उठाननै नभएका माग कहीं कतै बाट थप भएर केहि अवसरवादीहरु मन्त्री बनेको र केहि थप अवसरवादीहरु सांसद बन्न तम्सिएको नै हो पो लाग्छ मलाइ त । भनिन्छ नि “ कहीं पे नजर और कहीं पे निशाना !” त्यस्तै भएको हो । हो कि हैन भन्ने सार्वजनिक सवाल म जेन जी का असली नेताहरु रक्षा बम , तनुजा पाण्डे , मजिद अन्सारी र भावना राउतलाइ नम्रता पुर्वक सोध्न चाहन्छु ।


–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
