घनबहादुर थापा1
आन्दोलनमार्फत तत्कालीन सरकार ढलिसकेपछि नयाँ सरकार गठन, सुझबुझको राजनीतितिर देश जानुपर्नेमा तोडफोड, आगजनी, लुटपाट र विध्वंसतिर देश गयो । सिंहदरबार, सर्वोच्च अदालत जस्ता ऐतिहासिक धरोहरले पनि आगजनी खेपेर ध्वस्त हुनुप¥यो । प्रतिष्ठित भवनहरू, सरकारी भवनहरू, प्रसिद्ध व्यापारिक हबहरू, व्यक्तिका सम्पतीहरू राज्यकैसामु दनदनी बलेर खरानी भए ।
नेपालमा हरेक राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिका कुरा जोडदार रूपमा उठ्ने गर्छन् । पुरानो सत्ताले देश विकासमा केही उपलब्धी हासिल गरेन, अब हामीले कायापल गर्छौं भनेर नयाँले भन्ने गर्छन् । सस्तो आश्वासन बाँड्ने गर्छन् । यसप्रकारले विभिन्न रूप र आवरणमा हरेकले नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउने सपना देखाएको धेरै समय भइसक्यो । विभिन्न कालखण्डमा फरक फरक पात्र फेरिए तर प्रवृत्ति फेरिएन । नारा फेरिए तर काम गर्ने शैली फेरिएन । कागज र भाषणमा दमदार शब्द, मिठा सपना सजाइए तर व्यवहारमा शून्यता छायो । कुन अवस्थाबाट, कसरी काम गर्ने भन्ने एउटा दीर्घकालीन खाका, योजना तयार गरी उपलब्धीमूलक तरिकाले काम गर्ने अवस्था रहेन ।
विसं २०१३ देखि पञ्चवर्षीय योजना लागू भयो तर घोषणा गरिएअनुरूपको प्रगति भने हुन सकेको देखिएन । पञ्चवर्षीय योजना कागजमा सीमित भए । फाट्टफुट्ट भएका कामहरू योजना र लक्ष्यअनुरुप थिएनन् । थियो त समयले ल्याउने केही सुधार मात्र थियो ।
निर्धक्कसाथ अनुमान लगाउन सकिन्छ, १०४ वर्षे जहाँनिया राणा शासनकालमा निश्चय पनि अहिले जस्तो उग्र नारा थिएनन् । सामाजिक सञ्जाल र मञ्चमा उग्र भाषण थिएनन् । तर त्यतिबेला समयानुकूल विकास निर्माणको गति तीब्र थियो । तत्कालीन अवस्थामा निर्माण भएका कला कौशलयुक्त भव्य भवनहरू अहिले पनि हाम्रासामु अत्यधिक काम लाग्ने अवस्थामा छन् । ऐतिहासिक धरोहरका रूपमा स्थापित छन् । विसं २००७ सालमा प्रजातन्त्र आइसकेपछि विकासका मोडल परिवर्तन भए । देशलाई समृद्धिको बाटोमा डो¥याउन विसं २०१३ देखि पञ्चवर्षीय योजना लागू भयो तर घोषणा गरिएअनुरूपको प्रगति भने हुन सकेको देखिएन । पञ्चवर्षीय योजना कागजमा सीमित भए । फाट्टफुट्ट भएका कामहरू योजना र लक्ष्यअनुरुप थिएनन् । थियो त समयले ल्याउने केही सुधार मात्र थियो ।

विसं २०१७ सालको परिवर्तनपछि समृद्धिका सपना फेरिए । पात्र, भाषा र भाषण फेरियो । देशलाई एसियाली मापदण्डमा पु¥याउने घोषणा गरियो । तर, पूर्वपश्चिम राजमार्ग निर्माणलगायत केही उपलब्धि हासिल भए पनि जनअपेक्षित र देशले खोजेको काम हुन पाएन । जनताले लामो अवधि सहेर बसे । तर त्यो मिठो फल फल्ने प्रतिक्षाको घडी कहिल्यै आएन । जसले कालान्तरमा पञ्चायती व्यवस्थाविरुद्ध नै आगो ओकल्ने वातावरण सिर्जना ग¥यो । नढाँटेरै अन्नुपर्छ यस अवधिमा केही उद्योग कलकारखाना स्थापना नभएका हैनन्, भएका हुन् । तिनले गति समात्दै गर्दा देशमा विसं २०४६ सालको परिवर्तन आयो । परिवर्तनपछि अब नयाँ केही हुन्छ ।
जसले कालान्तरमा पञ्चायती व्यवस्थाविरुद्ध नै आगो ओकल्ने वातावरण सिर्जना ग¥यो । नढाँटेरै अन्नुपर्छ यस अवधिमा केही उद्योग कलकारखाना स्थापना नभएका हैनन्, भएका हुन् । तिनले गति समात्दै गर्दा देशमा विसं २०४६ सालको परिवर्तन आयो । परिवर्तनपछि अब नयाँ केही हुन्छ ।
देश विकासको गतिमा द्रूततर प्रगति अगाडि बढ्छ भनेर जनतामा उत्साह छायो । नयाँ उद्योग धन्दा स्थापना हुने, ठुलो संख्यामा रोजगार बढ्ने, आर्थिक रूपमा देश समृद्ध बन्ने अपेक्षा गरियो । परिवर्तनपछि बनेको सरकारले देशलाई सिंगापुर बनाउने घोषणा ग¥यो । तर परिवर्तनलगत्तै भएका उद्योग घाटामा गएकोले सुधार गर्न भन्दै ’निजीकरण’ गरियो । कसैको स्वार्थमा गरिएको निजीकरणको नाममा चालु उद्योगधन्दा पनि ध्वस्त भए । विकासका पूर्वाधार द्रुत गतिमा बन्नुपर्नेमा भाषण र नारामा सीमित भए । ऊर्जाशील जनशक्ति विदेश पलायन हुन थाल्यो । देशमा केही गरौं भन्ने वातावरण बिग्रँदै गयो ।
विसं २०५२ पछि पुनः देशले निकास नपाएको, जनअपेक्षित काम नभएको र आमूल परिवर्तनको आवश्यकता रहेको आवाज उठ्न थाल्यो । केही अस्वाभाविक गतिविधिसँगै देशले केही मानवीय र भौतिक नोक्सानी व्यहोर्नुप¥यो । फलतः विसं २०६२÷०६३ मा देशमा अर्को परिवर्तन आयो । परिवर्तित अवस्था पछिको जनअपेक्षालाई पनि पुरानो संस्कारले खाइदियो ।
अनि मुलुक पुनः यथास्थितिमा चल्न थाल्यो । मुठ्ठीभर राजनीतिक दल र तिनका नेता, कार्यकर्ताको उन्नतिबाहेक देशले समृद्धिको ढोका उघार्न सकेन । हामीले यो÷यो काम ग¥यौं भनेर औंलामा गन्न सकिने काम देखाएर आँखामा छारो हाल्ने काम भयो । किन कि समय धेरै अगाडि बढिसकेको थियो । देश र नागरिकका आवश्यकता दिन प्रतिदिन बढ्दै थिए । त्यसको तुलनामा शिक्षा, स्वास्थ्य, असल संस्कार, रोजगारको साथै देशलाई समृद्धितर्फ डो¥याउने बाटोतिर सरकार र राजनीतिक दलले ध्यान दिन सकेको थिएन ।
आन्दोलनमार्फत तत्कालीन सरकार ढलिसकेपछि नयाँ सरकार गठन, सुझबुझको राजनीतितिर देश जानुपर्नेमा तोडफोड, आगजनी, लुटपाट र विध्वंसतिर देश गयो । सिंहदरबार, सर्वोच्च अदालत जस्ता ऐतिहासिक धरोहरले पनि आगजनी खेपेर ध्वस्त हुनुप¥यो । प्रतिष्ठित भवनहरू, सरकारी भवनहरू, प्रसिद्ध व्यापारिक हबहरू, व्यक्तिका सम्पतीहरू राज्यकैसामु दनदनी बलेर खरानी भए
विसं २०८२ भदौमा अकस्मात आएको परिवर्तनले झन् देशलाई रसातलमा पु¥याउने काम भयो । आन्दोलनमार्फत तत्कालीन सरकार ढलिसकेपछि नयाँ सरकार गठन, सुझबुझको राजनीतितिर देश जानुपर्नेमा तोडफोड, आगजनी, लुटपाट र विध्वंसतिर देश गयो । सिंहदरबार, सर्वोच्च अदालत जस्ता ऐतिहासिक धरोहरले पनि आगजनी खेपेर ध्वस्त हुनुप¥यो । प्रतिष्ठित भवनहरू, सरकारी भवनहरू, प्रसिद्ध व्यापारिक हबहरू, व्यक्तिका सम्पतीहरू राज्यकैसामु दनदनी बलेर खरानी भए । राज्यका संयन्त्रहरू व्यक्तिगत र सार्वजनिक सम्पतीको सुरक्षा गर्ने कर्तव्यबाट गम्भीर रूपमा चुके । समृद्धिको यात्रामा दृढ, सशक्त र कर्मठ भनेर अटुट रूपमा अगाडि बढ्नुपर्ने देश अरबौंको नोक्सानीमा चुर्लुम्मै डुब्यो ।
यसप्रकार हरेक कालखण्डका फरक नायकले भन्ने गरेका छन– ‘हामी देश बनाउँछौं ।’ शब्द फरक होलान् तर सबैको आशय समृद्ध नेपाल र सुखी नेपालीको नारा हुने गरेको छ । यो राम्रो पक्ष हो । तर, कार्यान्वयन पक्ष कहिल्यै राम्रो भएन । नारा लगाएर मात्र, चर्को कुरा गरेर मात्र देश समृद्ध बन्दैन । यसका लागि प्रत्येक नागरिक जन्मेदेखि नमरून्जेलका जिम्मेवारी उचित तरिकाले कार्यान्वयन गर्ने वातावरण राज्यले बनाइदिनुपर्छ । बाल्यकालमा उचित स्याहार सम्हार, स्वास्थ हुनुप¥यो । त्यसपछि उचित शिक्षा दिनुप¥यो । शिक्षा हासिल गरेपछि रोजगार, उद्योग धन्दा खोल्ने वातावरण अर्थात् हरेक व्यक्ति एउटा न एउटा आफूलाई मन परेको काममा व्यस्त हुनैपर्ने, समय खेर फाल्नै नहुने वातावरण सिर्जना हुनुप¥यो ।
नारा लगाएर मात्र, चर्को कुरा गरेर मात्र देश समृद्ध बन्दैन । यसका लागि प्रत्येक नागरिक जन्मेदेखि नमरून्जेलका जिम्मेवारी उचित तरिकाले कार्यान्वयन गर्ने वातावरण राज्यले बनाइदिनुपर्छ । बाल्यकालमा उचित स्याहार सम्हार, स्वास्थ हुनुप¥यो । त्यसपछि उचित शिक्षा दिनुप¥यो । शिक्षा हासिल गरेपछि रोजगार, उद्योग धन्दा खोल्ने वातावरण अर्थात् हरेक व्यक्ति एउटा न एउटा आफूलाई मन परेको काममा व्यस्त हुनैपर्ने, समय खेर फाल्नै नहुने वातावरण सिर्जना हुनुप¥यो ।
नागरिक पनि मैले केही न केही काम गर्नैपर्छ, चाहे ठूलो होस् वा सानो भन्ने मानसिकता बनाएर हर क्षण काममा व्यस्त हुनुप¥यो । राज्य, सरकार र राजनीतिक दलले गरेनन् भन्दै चिया पसलमा गफ दिएर बस्दैमा देश बन्दैन । जनस्तरबाटै कार्यतालिकासहित अटुट काममा खटिने र राज्यले पनि नागरिकलाई काम गर्ने उचित वातावरण बनाइदिएमा व्यक्तिको जिवनस्तर उकासिन्छ । व्यक्ति सम्पन्न बनेपछि परिवार, त्यसपछि समाज र अन्ततः राष्ट्र समृद्ध बन्छ भन्नेमा कुनै सन्देह रहँदैन ।
साहित्यकार घन थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
