सर्लाहीको गोडैता, हिरापुर, बरहथवा, नयाँरोड, बागमती लागयतका स्थानमा हजारौ बालेन समर्थक ओइरिएका छन । रास्वपाको झन्डा, फुलमाला हातमा लिएर सर्वसाधारण हरु बालेनलाई हेर्न उत्सुक थिए तर बालेन गाडीबाट ओर्लिएनन् ।
रौतहट, २८ माघ ।
नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्रीका उमेदवार प्रचारित गगन थापाको क्षेत्रमा बालेन्द्र साह बालेनले रोड सो गरेका छन् ।
रास्वपाका बरिस्ठ नेता एवं प्रधानमन्त्रीका रुपमा प्रचारित बालेन साहले सर्लाहिको ससदिय निर्वाचन क्षेत्र नम्बर ४ मा रोड सो गरेका हुन ।
आफ्नो उमेदवारको मनोबल बढाउन तथा जन समर्थन प्राप्त गर्न बालेन देश दौडाहामा रहेका छन । सोहि क्रममा बुधबार बिहान सर्लाहीको लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलङगवा पुगेर हुलाकी मार्ग हुँदै क्षेत्र नम्बर ४ मा पुगेका थिए ।
क्षेत्र नम्बर ४ बाट डाक्टर अमरेश कुमार सिह रास्वपाका उमेदवार छन । डाक्टर सिहले बालेन प्रधानमन्त्री नभए आफुले आत्मदाह गर्ने घोषणा गरिसकेका छन ।
सर्लाही ४ मा गगन थापा र डाक्टर सिह बिच कडा प्रतिस्पर्धा मानिएको समयमा बालेनको रोड सो भएको हो ।
सर्लाहीको गोडैता, हिरापुर, बरहथवा, नयाँरोड, बागमती लागयतका स्थानमा हजारौ बालेन समर्थक ओइरिएका छन । रास्वपाको झन्डा, फुलमाला हातमा लिएर सर्वसाधारण हरु बालेनलाई हेर्न उत्सुक थिए तर बालेन गाडीबाट ओर्लिएनन् ।
बुधबार नै सर्लाहीको एक देखि चारवटै निर्वाचन क्षेत्रमा रोड सो सम्पन्न गरेर पुर्व पश्चिम राजमार्गको बागमती भएर रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुर भएर बाराको निजगढ पुगेको थियो ।
बुधबार सर्लाही क्षेत्र नम्बर एकबाट सुरु हुँदै चारवटै निर्वाचन क्षेत्रमा बालेनले रोड सो फरक शैलीमा गरेको देखिएको छ । बालेन रोड सो को क्रममा गाडिबाटै आफ्ना समर्थकलाइ हात हल्लाउँदै केही नबोली फर्केका छन ।
गाउँगाउँबाट बालेन हेर्न ओइरिएका सर्वसाधारणलाइ रास्वपाका बरिस्ठ नेता बालेन केही नबोलि हात हल्लाएर फर्किकेका छन ।
यता बाराको निजगढमा खाना खाएपछि बालेन फेरि रौतहटको चन्द्रनिगाहपुर फर्केका थिए । आफ्ना समर्थकहरुलाइ हात हल्लाएर अभिवादन गर्दै अघि बढेका बालेन गरुडामा हजारौं समर्थक बिच एउटा गितमा कम्मर मर्काएका थिए ।
रास्वपाका वरिष्ठ नेता बालेन साह पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको संसदिय निर्वाचन क्षेत्रमा पनि रोड सो गरेका छन । नेकपाका सहसंयोजक नेपालसँग
चुनाबी मैदानमा रास्वपाका राजेश चौधरी प्रतिस्पर्धामा छन ।
गरुडा बजारबाट बारा जिल्ला तिर जाने क्रममा नेता बालेन जयनगर देखि दिपही बजार सम्म नेपालको चुनाबी क्षेत्रमा रोड सो गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहको क्षेत्रमा गएका हुन ।
