महासंघको अध्यक्ष हुँदा अबको अर्थव्यवस्था ‘डिजिटल इकोनमी’मैत्री हुनुपर्ने मूल नारा र एजेण्डासहित अघि बढेका थिए । राजनीतिक दलभित्र अर्थतन्त्रका एजेण्डाहरुमा अगाडि बढिरहेको बहसलाई सार्थक निष्कर्षमा पुर्याउने काममा लागेका थिए । उनले अर्थतन्त्रका एजेण्डालाई निष्कर्ष पुर्याउन, समाजवादको आधार निर्माण गर्ने पार्टीको योजना कार्यान्वयन गर्न लाग्नुुपर्ने बताउदै आएका थिए । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि समाजवादको लक्ष्यसहित आर्थिक–सामाजिक रुपान्तरणलाई मूल कार्यदिशा बनाए पनि त्यसबारे पर्याप्त बहस र छलफल नभएको भन्दै विभिन्न समयमा राजनीति दल उद्योगी व्यवशायीहरुमाझ बहस छलफलको आयोजना गरेर राष्ट्रियस्तरमा चर्चा कमाएका थिए ।
नवलपुर, २८ माघ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर एक नेपाली कांग्रेसको गढका रुपमा चिनिएपनि यसपटक डा. शशांक कोइरालाले छाडेपछि एमालेले किल्ला गाड्ने तयारी साथ अघि बढेको छ । २०६४ सालदेखि यताका निर्वाचनमा कांग्रेसका उम्मेद्वार शशांक कोइरालाले लगातार जित्दै आएपनि यसपटक एमालेले इतिहाँस रच्ने दाउमा लागेको हो । लगातार चार पटक निर्वाचन जित्दै आएका कोइराला चुनावी मैदानभन्दा बाहिर रहेपछि एमालेका उम्मेदवार भागिरथ सापकोटाले चुनावी अभियानलाई तिब्र मात्र पारेका छैनन, उनले युवाहरुमाझ उत्पादन र रोजगारीको नारालाई अघि बढाएका छन् ।

राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्छ भन्ने एमालेका उम्मेदवार सापकोटा अहिले व्यवहारमै उतार्ने गरी मैदानमा पुगेका छन् । ’म जनताको कुरा सुन्न, सुझाव लिन र योजना बनाउन आएको हुँ । अब राजनीति मात्र होइन आर्थिक अधिकार पनि रोजौँ भन्ने मेरो कुरा रहेको छ । व्यवसायमा रहँदा नजिकबाट धेरै कुरा देखेँ। ट्याक्सको झन्झट, नीतिगत अन्योल र कर्मचारीको ढिलासुस्ती यी समस्या कागजमा होइन मेले जमिनमै भोगेको छु। यस कारण बाहिरबाट गुनासो गर्नुभन्दा भित्रबाट सुधार गर्न आवश्यक छ। मेरो बुझाइमा राजनीति भनेको सत्ता हैन जिम्मेवारी हो,’ एमाले उम्मेदवार सापकोटाले भने ।

कोइरालाका ठाउँमा नेता बालकृष्ण घिमिरेलाई कांग्रेसले अगाडि सारेपछि एमालेका सापकोटाका लागि सहज माहोल बनिरहेको नवलपुर १ का एक किसानले बताए । उनी जनताका कुरा सुन्न र बुझ्न सक्ने नेता रहेको पनि किसानले बताए । ‘एमालेले यसपटक इतिहास रच्नेछ’, सापकोटाले भने । एमालेले युवा नेता तथा शैक्षिक व्यक्तित्व सापकोटालाई अघि सारेपछि उत्साह बढेको छ । एमालेको उम्मेदवार सापकोटा नेपाल उद्योग व्यवशायी महासंघका अध्यक्ष समेत हुन् ।
उनी महासंघको अध्यक्ष हुँदा अबको अर्थव्यवस्था ‘डिजिटल इकोनमी’मैत्री हुनुपर्ने मूल नारा र एजेण्डासहित अघि बढेका थिए । राजनीतिक दलभित्र अर्थतन्त्रका एजेण्डाहरुमा अगाडि बढिरहेको बहसलाई सार्थक निष्कर्षमा पुर्याउने कामा लागेका थिए । उनले । अर्थतन्त्रका एजेण्डालाई निष्कर्ष पुर्याउन, समाजवादको आधार निर्माण गर्ने पार्टीको योजना कार्यान्वयन गर्न लाग्नुुपर्ने बताउदै आएका थिए । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि समाजवादको लक्ष्यसहित आर्थिक–सामाजिक रुपान्तरणलाई मूल कार्यदिशा बनाए पनि त्यसबारे पर्याप्त बहस र छलफल नभएको भन्दै विभिन्न समयमा राजनीति दल उद्योगी व्यवशायीहरुमाझ बहस छलफलको आयोजना गरेर राष्ट्रियस्तरमा चर्चा कमाएका थिए ।

ग्रामीण अर्थतन्त्र बलियो बनाउन एक गाउँ १० ः उद्यमी अभियान चलाउदै आएका उनले डिजिटल सर्कुलर र इकोनोमिको संरचनामा छलफल गर्दै सम्मृद्ध नेपाल सुखी नेपालीको मूूल नारालाई साकार पार्ने दिशामा अगाडि बढ्नुपर्ने धारणा पनि अगाडी सार्दै आएका छन् । उनले मुलतः समृद्धिको आधार, युवा उद्यम र रोजगार, डिजिटल नेपाल मेरो संकल्प भन्ने मुल नारामा काम गरिरहेका छन् । राजनीतिलाई उत्पादन र रोजगारीमा नजोडेसम्म मुलुक समृद्ध हुँदैन भन्दै आएका उनी अहिले नवलपुर क्षेत्र नं १ मा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् ।


