काठमाडौं, २२ फागुन ।
मतगणनाको शुरुवातमा कांग्रेस एमालेलाई ठूलो धक्का लागेको छ । निर्वाचन आयोगले बिहीबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा ६० प्रतिशत मतदान भएकोमा कांग्रेस एमालेको जनलहर भत्किएको छ । ३२ वर्षमा कांग्रेस एमालेप्रति जनताको विकर्षण बढेको हो । साथै यसपटक सबैभन्दा कमजोर मतदान भएको छ ।
२०४८ देखि हालसम्म २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ गरी ८ पटक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिशतबाट हिशाब गर्दा २०७०मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा बढी मतदान भएको थियो । त्यस पछि मतदान प्रतिशत निरन्तर घटीरहेको छ । २०७०को निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेका थिए । त्यतिबेला ७८.७४ प्रतिशत मत खसेको थियो । त्यतिखेर ९५ लाख १६ हजार ७३४ मतदाताले मतदान गरेका थिए ।
२०४६सालको परिर्वतन पछि २०४८सालमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा ६५.१५ प्रतिशत मतदान भएको थियो । त्यतिबेला १ करोड ११ लाख ९१ हजार ७७७ मतादाता रहेका थिए ।
यसैगरी २०५१मा ६१.८६, २०५६मा ६५.७९ प्रतिशत मतदान भएको थियो । २०६४मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा ६१.७० प्रतिशत मतदान भएको थियो । यसैगरी २०७४को निर्वाचनमा ६८.६७ प्रतिशत मतदान भएको थियो ।
निर्वाचन आयोगले यसपटक ६५ प्रतिशत मतदान हुने प्रारम्भिक अनुमान गरेको थियो । तर, आफैले गरेको अनुमान भन्दा कमजोर मतदान भएको छ । यसपटक कमजोर मतदान हुनमा विभिन्न कारणहरु रहेको पुर्व प्रमुख निर्वाचन आयुक्त आयुक्त अयोधि प्रसाद यादवको भनाइ छ । ‘यस बेला दाङ, दोलखा लगायतका विभिन्न जिल्लामा निर्वाचन बहिस्कार गरियो । विशेष परिस्थिति उत्पन्न भएको कारण खाडी मुलकमा काम गर्दै आएका ठूलो संख्यामा नेपाली नागरिकहरू चुनावको मुखममा स्वदेश फर्कन सकेनन’यादवले भने,‘यस बाहेक मतदान गर्ने अधिकार हाम्रो हो । हामीले मतदान गर्नु पर्छ भन्ने संचेतना जसरी मतदाताहरूमा हुनुपथ्र्यो । त्यसरी संचेतना भएको भएको पाइएन । यसपटक एलिट वर्गका केही मतदाताले भोट दिन जाँगर देखाएनन ।’ यादवका अनुसार यसपटक सुरक्षा व्यवस्था कडा गरिएको, सुरक्षाको नेतृत्व नेपाली सेनाले लिएको भन्दै व्यापक प्रचार गरियो । सडकमा सेना देखियो । ‘यसबाट पनि मतदातमा त्रास उत्पन्न भयो कि जस्तो लाग्छ । मतदान गर्न जाँदा केही भइहाल्छ कि भन्ने त्रास केही मतदातामा देखियो’अयोधिले भने,‘यसबाहेक काठमाडौमा अस्थायी बसोबास गर्दै आएका तर नाम काठमाडौ बाहिरका विभिन्न ठाउँमा मतदाता सूचिमा नाम भएका मतदाताहरू उल्लेख्य रुपमा काठमाडौ बाहिर गएनन । यो पनि अर्को कारण हो ।’
निर्वाचनमा मतदान प्रतिशत बृद्धि गर्न तथा निर्वाचनमा जनताको सहभागितलाई उल्लेख्य रुपमा बढाउन राजनीतिक दल तथा उम्मेदवारहरूको पनि उत्तीकै भुमिका हुने उनले बताए ।
