एमालेमा पुरानो जीवन फर्काउन पूर्व राष्ट्रपति विद्या भण्डारीलाइ संरक्षक , अष्टलक्ष्मी शाक्यलाइ अध्यक्ष र काशिनाथ अधिकारीलाई उपाध्यक्ष र शंकर पोखरेललाइ महासचिवमा कायम राखेर जाने ढंगले विशेष निर्णय गर्नु उचित हुन्छ ।
नबोलौं भने पनि नबोली रहन सकिएन । निर्वाचनमा प्राप्त परिणामको आधारमा नै हो भने नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस र अग्रसरता कमसेकम आफैं पराजित बिष्णु पौडेलले लिने भन्ने मिल्ने कुरै हैन ।
आफ्नो स्वार्थका खातिर कसैलाइ देवत्वकरण र कसैलाई दानाविकरण विभाजनलाई मलजल गर्ने योगेश भट्टराईलाई एकता एकीकरण गर्न सक्दैनन भन्ने मेरो ठम्याई हो । यद्यपि योबीचमा उहाँहरु सुधार पनि हुनसक्नुहोलो । यदी साँचो अर्थमा एमालेलाई पराजयको पिडा बाट मुक्त गर्दै भविष्य प्रति आशावान बनाउन खोजको हो भने विगतमा सतिसालझै उभिने कार्यकर्तालाई समाप्त पार्ने बामाले चरित्रको समूल अन्त्य जरुरी छ ।
त्यसका लागि यतिबेला असली एमालेको व्यवाहार भएको (सरल , स्वच्छ , जनताप्रति उत्तरदायी , संस्कारी र उच्च नैतिकता भएको ) युवा नेतालाई जिम्मेवारी दिनुपर्छ । कमसेकम यो संक्रमण कालिन नेतृत्व दिएर यसअघि भए गरेका गल्तिहरु प्रति माफी माग्दै पार्टीलाइ नयाँ जीवन दिन एक बर्ष भित्र अर्को महाधिवेशनमा जानुपर्छ ।
त्यसो गर्नको लागि एमाले पंक्तिले नेतृत्वसँग सार्थक संवाद गर्दै, आफुहरुले दुःख गरेर बनाएको आफ्नै कमि कमजोरीले रक्षात्मक बनेको पार्टीलाई पुनर्जीवन दिन त्याग सहितको अभिभावकत्व आवश्यक छ ।
यो सत्यमा सहमत गराउँदै संक्रमणकालिन नेतृत्व मार्फत पार्टीलाइ अगाडी बढाउन पर्छ । अहिले एमालेमा पुरानो जीवन फर्काउन पूर्व राष्ट्रपति विद्या भण्डारीलाइ संरक्षक , अष्टलक्ष्मी शाक्यलाइ अध्यक्ष र काशिनाथ अधिकारीलाई उपाध्यक्ष र शंकर पोखरेललाइ महासचिवमा कायम राखेर जाने ढंगले विशेष निर्णय गर्नु उचित हुन्छ ।
त्यसपछि उहाँहरुले असली एमालेको गुण भएकाहरु मध्यबाट धर्म , संस्कृति , भूगोल र लैंगिक सन्तुलन मिलाएर टिम निर्माण गर्दै महाधिवेशनमा जाने बाटो बनाउनु पर्छ र त्यसो गर्दौ गर्दा एमालेको गुण भएका र मनले सधैं एमाले रहेकाहरुदेखि जनताको सेवा गर्ने वाहेक अन्य कुनै स्वार्थ नलिइकन राजिनितिमा सक्रिय बामपन्थीहरुलाइ गोलबन्द पनि गर्नुपर्छ । यदी साँच्चै सच्चिन सुध्रिन र फेरी तंग्रिने हो भने बाटो यही हो , हैन समाप्ती नै अन्तिम लक्ष्य हो भने त केहि गर्न नै परेन वा जसो गरे पनि भयो ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
