काठमाडौं ८चैत ।
नेपाली कांग्रेसका नेता श्याम घिमिरे ले नेपाली कांग्रेसको निर्वाचन पराजयको मुख्य कारण पार्टीभित्रको विशेष महाधिवेशनसम्बन्धी विवाद रहेको बताएका छन्।
उनले चुनावको मुखमा आएर ‘विशेष कि नियमित महाधिवेशन’ भन्ने विषयमा करिब पाँच महिनासम्म चलेको आन्तरिक झगडाले पार्टी एकता कमजोर बनाएको र त्यसको नकारात्मक सन्देश जनतामा गएको बताए। उनका अनुसार यही अवस्थाले चुनावी परिणाममा प्रत्यक्ष असर पारेको हो।
घिमिरेले पार्टीभित्र नेतृत्व परिवर्तनको सम्भावनासँगै गगन थापा प्रति जनस्तरमा रहेको विश्वासलाई पनि प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको उल्लेख गरे। उनले गगन थापाको लोकप्रिय छविलाई चुनावी रणनीतिमा सही समयमा प्रयोग गर्न नसक्दा कांग्रेसले सम्भावित भोट बैंक गुमाएको जिकिर गरे।
