दोस्रो टी-२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

दोस्रो टी-२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित


दोस्रो टी-२० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।

आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो ।

भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९