के हो रामसे हन्ट सिन्ड्रोम?

के हो रामसे हन्ट सिन्ड्रोम?


के हो रामसे हन्ट सिन्ड्रोम?

चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए ।

के हो रामसे हन्ट सिन्ड्रोम?

राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस पनि भनिन्छ । कानको वरपर र मुख तथा जिब्रोमा रातो दाग आउनु यस रोगको मुख्य लक्षण हो । 

भेरिसेला–जोस्टर भाइरसका कारण यो सिन्ड्रोम देखिन्छ । यो त्यही भाइरस हो जसले बालबालिकामा ठेउला र दाद  निम्त्याउछ ।  बाल्यकालमा ठेउला भएको व्यक्तिमा भाइरस दशकौंसम्म लुकेर बस्न सक्छ । विज्ञहरूका अनुसार भेरिसेला–जोस्टर भाइरस पुनः सक्रिय हुँदा यसले शरिरमा दाद निम्त्याउँछ र केही परिस्थितिहरूमा रामसे हन्ट सिन्ड्रोम निम्त्याउछ । भाइरस किन पुनः सक्रिय हुन्छ र अनुहारको नसालाई कस्तो असर पार्छ भन्ने प्रष्ट छैन् । 

सुन्ने क्षमता गुम्दै जानु, कान कराउनु, मुख तथा आँखा सुख्खा हुनु, एउटा आँखा झिमिक्क गर्न समस्या हुनु र स्वाद हराउनु रामसे हन्ट सिन्ड्रोमका लक्षण हुन् । सिन्ड्रोमबाट पुरुष र महिला समान रूपमा प्रभावित छन् । एक अनुमानअनुसार अमेरिकामा हरेक वर्ष प्रत्येक १ लाख जनामध्ये ५ जनामा यो सिन्ड्रोम देखिन्छ ।  एजेन्सी


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९