बुटवलमा वाम एकता बारे बहसः ‘नेताका लागि होईन, मुलुकका लागि वामशक्तिको एकता आवश्यक’

बुटवलमा वाम एकता बारे बहसः ‘नेताका लागि होईन, मुलुकका लागि वामशक्तिको एकता आवश्यक’


बुटवलमा वाम एकता बारे बहसः  ‘नेताका लागि होईन, मुलुकका लागि वामशक्तिको एकता आवश्यक’

बुुटवल, असार ४ । नेपालमा कम्यूनिष्ट पार्टीविच फुटको श्रृखला चलिरहेको बेला बुटवलमा वामपन्थी एकताका बारेमा बहस सुरु भएको छ । वाम युुवा मञ्च, बुुटवलले शनिबार नेपाली कम्यूूनिष्ट आन्दोलन : एकता र अबको बाटोका बिषयमा छलफल गराउँदै कम्यूनिष्ट पार्टीहरुमा देखा परेको वैचारिक, राजनैतिक र सैद्धातिक विचलनका बारेमा बहस थालेको हो ।

 

बहसमा नेपालमा कम्यूूनिष्टहरु विभिन्न कारणले छिन्न भिन्न हुँदा मुलुकको विकास, सामाजिक रुपान्तरण र संविधानमा लेखिएको समाजवाद उन्मूूख समाज निर्माणको संकल्प पूरा नहुनेतर्फ केन्द्रीत भएको बताएका छन । 

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष एंव लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुदर्शन बरालले विश्वमै कम्यूूनिष्टहरु बैचारिक राजनैतिक रुपमा रक्षात्मक अवस्थामा रहेको स्मरण गर्दै अब मार्ग दर्शन सहितको एकता आवश्यक रहेको बताए । उनले बैचारिक धरातलमा टेकेर मात्रै कम्यूनिष्टहरुविच एकता गर्नुपर्ने बताउँदै कसैलाई पदमा पुुर्‍याउनका लागि गरिने एकताको औचित्य नभएको बताए । उनले अहिले आफ्नै पार्टीका नेता पनि आफ्नो जस्तो लाग्न छोडेको बताउँदै बौद्धिक वर्ग विचार विहिन, विवेकहिन बन्न थालेको बताए । नेताले आफ्नो मनगढन्ते कुरा गर्ने बताउँदै नेपालका बुुद्धिजिविहरुले स्वतन्त्र रुपमा विचार दिन नसकेको मन्त्री बरालको भनाई छ । उनले माक्सबादी विचार र कम्यूूनिष्ट विचारलाई जनतासँग जोडेर अगाडि बढनुुुपर्ने बताए । कुनै व्यक्तिलाई मुख्यमन्त्री वा प्रधानमन्त्री बनाउनका लागि एकता गर्नुुको अर्थ छैन’ बरालले भने –‘दीर्घकालनमा वाम एकताको खाँचो छ, त्यसको लागि निरन्तर बहस जरुरी छ ।’ 

बहसमा अध्येता तथा विश्लेषक रामचन्द्र श्रेष्ठले नेपालका कम्यूूनिष्ट पार्टीहरुमा नवधनाढयहरुले केन्द्रीय कमिटि हाइज्याक गरेकाले त्यहाँ संगठनका बारेमा विचार बहस हुन छाडेको बताए । उनले कम्यूूनिष्ट पार्टीको महाधिवेशनमा समेत खल्तीबाट प्रतिवेदन निकाल्ने र त्यही पारित गर्नुपर्ने अवस्थाले नेपालका कम्यूूनिष्टहरुमा कम्यूूनिष्टको चरित्र नभएको बताए । ‘आफूूलाई कम्यूूनिष्ट भन्ने पार्टीका नेताहरुले उत्पादनलाई राष्ट्रियकरण गर्ने, नीजी सम्पत्तिको अन्त्य गछौं भन्नै छाडे, यतिसम्म की शब्दसम्म उच्चारण गर्दैनन्’ श्रेष्ठको प्रश्न छ । उनले नेपालका कम्यूूनिष्ट पार्टीहरुको फुट सबै गलत र एकता सबै सहि नभएको बताउँदै अबको एकता कार्यक्रमिक हुनुपर्ने बताए । उनले कम्यूनिष्ट आन्दोलनको रुपान्तरण सहितको एकता जरुरी रहेको बताए । ‘पार्टीभित्र विचारको घर्षण हुनुपर्छ, घन्टौं बहस छलफल हुनुुपर्छ, त्यसैले पार्टीमा रुपान्तरण र क्रान्तिकारी धुुव्रिकरणले मात्रै वाम एकताको सान्दर्भिकता हुुन्छ’ उनले भने । 

कार्यक्रममा पर्यवेक्षका तर्फबाट लेखक ऋषि आजादले वक्ताहरुले वामपन्थी एकता आवश्यक भएको तर, एकता विचार, सिद्धान्त र कार्यक्रमका आधारमा हुनुपर्ने निष्कर्ष रहेको बताए । कार्यक्रममा वामपन्थी नेता देवेन्द्र घिमिरेले नेताहरुको स्वार्थी एकता अहिलेको आवश्यकता नभएको बताए । मत विश्लेषण गर्दै हुमराज भुसालले स्थानीय तहको निर्वाचनले कम्यूूनिष्ट शक्ति बलियो हुँदा हुँदै पनि विभाजन भएकाले क्षती भोग्नुुपरेको बताए । उनले समुुन्नत समाज, सामाजिक न्याय सहितको नेपाल निर्माणका लागि वाम एकता जरुरी रहेको बताए । औपचारीक कार्यक्रम नगरि बहस केन्द्रीत गरि नयाँ मोडेलमा गरिएको कार्यक्रमा प्राध्यापक ऋषिराम भुसाल, लेखक विश्लेषक ऋषि आजाद र  पत्रकार विनोद परियार पर्यवेक्षकका रुपमा थिए । कार्यक्रमको सञ्चालन वाम युुवा मञ्च बुुटवलका संयोजक कृष्ण गाउँलेले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, ४ असार, २०७९, २०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९