नेपालको एशिया कप खेल्ने सपना यसपटक पनि अधुरै

नेपालको एशिया कप खेल्ने सपना यसपटक पनि अधुरै

वर्षाका कारण खेल रद्द हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरियो


नेपालको एशिया कप खेल्ने सपना यसपटक पनि अधुरै

वर्षाका कारण खेल रद्द हुँदा नेपाल एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । सेमिफाइनलमा युएईसँग पहिले बलिङ गर्दै मात्र ८१ रनमा समेटेपनि वर्षाका कारण दोस्रो इनिङ सम्भव नभएपछि खेल रद्द भयो ।

यसको घाटा नेपाललाई भयो र युएई फाइनल पुग्यो । समुह चरणको अंकका आधारमा विजेता टिम छनोट गरिएको हो । समूहमा युएई विजेता भएको थियो भने नेपाल अर्को समूहको उपविजेता बनेको थियो ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर खेल रद्द हुँदा नेपालले जवाफी ब्याटिङ गर्न पाएन ।

यससँगै नेपालको एशिया कप खेल्ने सपना पनि यसपटकका लागि अधुरै रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, १० असार, २०७९, १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९