काठमाडौंमा ९ जनामा देखियो हैजा

काठमाडौंमा ९ जनामा देखियो हैजा


काठमाडौंमा ९ जनामा देखियो हैजा

काठमाडौं । कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थानमा ९ जनामा हैजा देखिएको हो । ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् । हैजा पानीजन्य सरुवा रोग हो । दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा पनि सर्छ। हैजा गम्भीर खालको झाडापखाला हो। यदि यसको उपचार समयमा भएएन भने संक्रमित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ ।

हैजा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुने चिकित्सकहरु बताउछन् ।  


प्रकाशित मिति: सोमबार, १३ असार, २०७९, ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९