लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा


लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन् । एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समित समेत गठन भएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य रहेका विमलाका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी वलीले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा विभाजित हुँदा नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।


प्रकाशित मिति: बुधबार, १५ असार, २०७९, १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९