प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा

प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा


प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा

काठमाडौं । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।  फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए ।  चौथो संस्करणको साफ आगामी २५ जुलाईदेखि ५ अगष्टसम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदै छ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार देशले सहभागीता जनाउनेछन् । 

सिंगल राउण्ड रोविन पद्धतिमा हुने खेलको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

हाल नेपाली टिमलाई मुख्य प्रशिक्षक मेघराज केसीले प्रशिक्षण गराइरहेका छन् । 


प्रकाशित मिति: बुधबार, १५ असार, २०७९, १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९