खोटाङमा पहिरोले ६ घर विस्थापित

खोटाङमा पहिरोले ६ घर विस्थापित


खोटाङमा पहिरोले ६ घर विस्थापित

खोटाङ । पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ६ घर विस्थापित भएका छन् ।

शुक्रबार राति परेको भारी वर्षाका कारण गाउँ चिराचिरा पर्दा साविकको जालपा-८ सावालुङका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जापला–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएका छन् । 

धँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ-जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावकविहीन शारदाको अवस्था नाजुक छ ।

घटनाका विषयमा जानकारी आएपछि प्रहरीलाई मुचुल्का उठाउन लगाइएको उपमेयर बिसन राईले बताए । विस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने उनले बताए ।


प्रकाशित मिति: सोमबार, २० असार, २०७९, १०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९