नेपाल डार्ट खेलाडी बस्नेत अन्तराष्ट्रिय प्रतियोगितामा

नेपाल डार्ट खेलाडी बस्नेत अन्तराष्ट्रिय प्रतियोगितामा


नेपाल डार्ट खेलाडी बस्नेत अन्तराष्ट्रिय प्रतियोगितामा

काठमाडौँ । नेपालमा डार्ट खेल विरलै खेलिने गरिन्थ्यो । खासै चर्चामा आउन नसकेको डार्ट खेल विगत केही वर्षदेखि नेपालमा डार्ट खेलले नेपाली युवाहरुको मन छोएको र यस खेलको राष्ट्रिय स्तरमा समेत प्रतियोगिता भईरहेको छ । 

डार्ट खेलको राष्ट्रिय खेल करिब ६ वर्षदेखि भइरहेको जानकारी पाइएको छ । नेपालमा डार्ट खेलमा भाग लिएको प्रतियोगितामा प्रत्येक पटक विजय  प्रजित बस्नेत भएका हुन् ।

नेपालमा बस्नेत एक मात्र यस्ता खेलाडी हुन् जो कुनैपनि प्रतियोगितामा हारको सामना गर्न नपरी ५ पटक राष्ट्रिय प्रतियोगिता बिजेता हुन् ।  नारायण शर्माको प्रशिक्षणमा निर्विवाद रुपमा  बस्नेत नेपालको नम्बर एक खेलाडी भएका छन्  ।

 शर्माका कारण यहाँसम्म पुग्न सफल भएको प्रजित बस्नेतले बताए । उनले  आगामी दिनमा पनि उहाँकै प्रशिक्षणमा अन्तर्राष्टिय प्रतियोगितामा भाग लिन जाने बताए । 

यही जुलाई १९ देखि बैंकक, थाईल्याण्डमा हुन गईरहेको International Open Dart Tournament in Asia  प्रतियोगितामा भाग लिन प्रजित बस्नेत र नारायण शर्मा जुलाई १८ मा बैंककका लागि प्रस्थान गर्नेेछन् ।

लिग र नकआउट फर्मेटमा रहेको यो प्रतियोगिता कूल ९ दिनका लागि हुनेछ । नारायण शर्माको प्रशिक्षणमा प्रजित बस्नेतले बैंककको प्रतियोगितामा जित हात पार्छन् कि पार्दैनन् त्यो हेर्न बाँकी नै छ । 

 


प्रकाशित मिति: आइतबार, १ साउन, २०७९, २१:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९