अभिनेत्री नितु चन्द्रालाई मासिक २५ लाखमा ‘ज्यालादारी श्रीमती’ बन्न प्रस्ताव!

अभिनेत्री नितु चन्द्रालाई मासिक २५ लाखमा ‘ज्यालादारी श्रीमती’ बन्न प्रस्ताव!


अभिनेत्री नितु चन्द्रालाई मासिक २५ लाखमा ‘ज्यालादारी श्रीमती’ बन्न प्रस्ताव!

काठमाडौं । बलिउड अभिनेत्री नितु चन्द्रा यतिबेला ठूलो पर्दाबाट टाढा छन् । उनी ‘ओए लक्की लक्की ओए’, ‘गरम’, ‘मसाला’, र ‘१३बी’ लगायतका फिल्ममा देखा परेकी थिइन् । अभिनेत्री नीतु चन्द्राले बलिउड फिल्म उद्योगमा आफ्नो स्थान बनाउन निकै संघर्ष गरेकी थिइन् । उनले अहिले आएर पहिले करियर बनाउने बेलाको आफ्नो संघर्षरत जीवनसँग जोडिएको तीतो अनुभव सेयर गरेकी छन् । अभिनेत्री नीतु चन्द्राले एक पटक एक व्यापारीले आफूलाई ज्यालादारी श्रीमती बन्ने (पैसाले श्रीमती बन्ने) प्रस्ताव गरेको बताएकी छन् । उक्त व्यापारीले अभिनेत्रीलाई मासिक २५ लाख रुपैयाँमा ज्यालादारी श्रीमती बन्न प्रस्ताव गरेका थिए ।

अभिनेत्री नीतु चन्द्राले भर्खरै अंग्रेजी वेबसाइट बलिउड हंगामामा एक अन्तर्वार्ता दिएकी थिइन् । उक्त अन्तर्वार्तामा उनले आफ्नो फिल्मी करियर बाहेक आफ्नो पर्सनल लाइफका धेरै कुरा गरेकी छन् । जहाँ उनले आफ्ना कठिन दिनहरू सम्झँदै एक व्यापारीको आफूलाई ज्यालादारी श्रीमती बन्न प्रस्ताव गरेको खुलासा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘मेरो कथा एक ट्राभल आर्टिस्टको असफल कथा हो । मैले १३ राष्ट्रिय पुरस्कार जितेको छु र ठूला फिल्ममा अभिनय पनि गरेकी छु । तर अहिले मसँगै उही काम छ ।’अभिनेत्रीले थप भनिन्, ‘एक ठूला व्यापारीले मलाई महिनामा २५ लाख रुपैयाँ दिने बताए । यदि म उसको ज्यालादारी श्रीमती बन्न चाहेमा । मसँग न पैसा छ न काम नै । मलाई डर लाग्न थाल्यो । यति धेरै काम गरेपछि पनि मलाई यहाँ कसैको आवश्यकता छैन जस्तो लाग्थ्यो । एक कास्टिङ डाइरेक्टर आफैमा ठूलो नाम हो, तर म नाम लिन चाहन्न । अडिसन दिएको एक घन्टापछि उनले मलाई काम नगर्ने बताए ।’

मैले उनको ज्यालादारी श्रीमती बन्ने अफर अस्वीकार गरेको कारण मसँग काम नगर्ने उनले उदघोष गरेका थिए । यस बाहेक नीतु चन्द्राले अरु धेरै काम गरिसकेकी छन् । हालै उनी हलिउड फिल्म नेवर ब्रेकडाउनस् रिभोटबाट अभिनयको दुनियामा फर्किएकी छिन् ।यसअघि नीतु चन्द्रा सन् २०१७ मा दुईवटा तमिल फिल्ममा देखिएकी थिइन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात सन् २००५ मा अभिनेता अक्षय कुमार र जोन अब्राहम स्टारर फिल्म ‘गरम मसाला’बाट गरेकी थिए । 


प्रकाशित मिति: शुक्रबार, ६ साउन, २०७९, २१:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९