क्लबको स्थापना दिवसमा विविध कार्यक्रम

क्लबको स्थापना दिवसमा विविध कार्यक्रम


क्लबको स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौँ । चन्द्रागिरी ब्याडमिन्टन क्लबको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । 

दिवसका अवसरमा क्लवले मातातीर्थ वृद्धाश्रमलाई ब्लाङ्केट, मास्क लगायतका स्वास्थ तथा सरसफाई सामाग्री प्रदान गरिएको छ ।  क्लबका अध्यक्ष राजकुमार पोखरेलले  वृद्धाश्रमका सदस्य धर्म महर्जनलाई सो हस्तान्तरण गर्नु भएको हो । 

विगतमा विश्वव्यापी  महामारीको रुपमा फैलिएको कोभिड –१९ नियन्त्रण  तथा रोकथामका लागि  चन्द्रागिरी नगरपालिकालाई क्लवले  एक लाख तीन हजार १०० रुपियाँ आर्थिक सहयोग गरेको  छ । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको  स्वास्थ्य उपचारमा  सहयोग गरेवापत राष्ट्रिय खेलकुद परिषदले क्लबलाइ  सम्मान गरेको छ । 

चन्द्रुगिरी भित्रका एक खेलाडीको उपचारार्थ  क्लबबाट आर्थिक सहयोग गर्ने भएको छ । 

क्लवका अध्यक्ष पोखरेल चन्द्रागिरी नगरपालिकाबाट राष्ट्रिय खेलाडि उत्पादन गर्ने लक्ष्य रहेको बताए । यस्तै क्लवले विधालय स्तरीय प्रतियोगिता संचालन गर्ने उनले जानकारी दिए । 

प्रतियोगिता वा प्रशिक्षणको क्रममा खेलाडी घाइते भएमा वा चोटपटक लागेमा खेलाडीलाई सहयोग उपलब्ध गराउने र सोको लागि खेलाडी राहत कोष स्थापना गर्ने उनको भनाई रहेको छ । 

कार्यक्रममा क्लबका अध्यक्ष  पोखरेल, उपाध्यक्ष धर्मराज घिमिरे, सचिव  मनोहर विक्रम कुवँर,  कोषाध्यक्ष सन्तोष पन्थ, सल्लाहाकार नारायणप्रसाद  सिग्देल लगायतको सहभागिता रहेको छ । 

 


प्रकाशित मिति: शनिबार, ७ साउन, २०७९, ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९