झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला


झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

झापामा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका(५, पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका हुन् ।

झुण्डिनेहरुमा पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ बर्षीया छोरी अञ्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

तीनै जना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैले काम गर्ने बगानमा उनीहरु झुण्डिएको अवस्थामा भेटिएका हुन् । ‘सामुहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । उनीहरु तीनै जना शनिबार दिउँसो घुम्न भनेर घरबाट हिंडेका थिए ।


प्रकाशित मिति: आइतबार, ८ साउन, २०७९, १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९