२० वर्षमै आमा बनेकी लोकप्रिय अभिनेत्री मनीषा कोइराला

२० वर्षमै आमा बनेकी लोकप्रिय अभिनेत्री मनीषा कोइराला


२० वर्षमै आमा बनेकी लोकप्रिय अभिनेत्री मनीषा कोइराला

सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ ।

मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी त्यो समयमा आफ्नो करियरको सुनौलो यात्रामा थिइन् । तर, यो फिल्ममा उनले आमाको भूमिका निभाउनु पर्ने प्रस्ताव आएपछि उनले त्यसलाई ठाडै अस्वीकार गरेकी थिइ्न ।

‘जब मलाई बम्बेको अफर आयो, तब मानिसहरुले मलाई यो फिल्म नगर्न दबाब दिए । किनकी २० वर्षको उमेरमा मैले आमाको भूमिका निभाउँदै थिएँ । उनीहरुले यो फिल्ममा आमाको भूमिका निभाए आगामी १० वर्षभित्र हजुरआमाको भूमिका पाउने भन्दै डर सिर्जना गरिदिए’, उनले भनेकी छन् ।

त्यसपछि मनिषाले अन्य बौद्धिक वर्गको कुरा सुनिन् । जसले मणिरत्नमको फिल्म अस्वीकार गर्नु भनेको जिन्दगीभर पछुताउनु हो भन्ने सुझाव दिए ।

‘बम्बे’मा मनिषाको अपोजिटमा अरविन्द स्वामी प्रमुख भूमिकामा थिए । दुवैको अभिनयलाई दर्शकले निकै मनपराएका थिए । मनीषा पछिल्लो पटक सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ मा देखिएका थिए । फिल्ममा उनले रणवीर कपूरको आमाको भूमिका निभाएकी थिइन् ।


प्रकाशित मिति: मंगलबार, ३१ साउन, २०७९, १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९