बाख्रा चराउन गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

बाख्रा चराउन गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


बाख्रा चराउन गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

बाराको जितपुरसिमरा उपमहानगर वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए।

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी खातुनको परिवारलाई तत्काल किरिया खर्च ५० हजार र राहत स्वरूप १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निकुञ्जले जनाएको छ । एकसाता अघि पनि पर्सा निकुञ्जभित्रै आफैले पालेको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको थियो ।


प्रकाशित मिति: बिहिबार, १० कार्तिक, २०७९, २२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९