खेलकुदले समाजलाई एकताबद्ध बनाउँछ : महानायक हमाल

खेलकुदले समाजलाई एकताबद्ध बनाउँछ : महानायक हमाल


खेलकुदले समाजलाई एकताबद्ध बनाउँछ : महानायक हमाल


काठमाडौँ । आठौ नेपालगञ्ज म्याराथन प्रतियोगिता आगामी मङ्सिर २४ गते हुने भएको छ । 

आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस.ठकुरीले आमनिर्वाचनका कारणले यसबर्ष मङ्सिर २४ गते प्रतियोगिता राखिएको बताए । उनले सबैको साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको बताए । 

कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमालले एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र नेपालगन्ज उप महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यलाई हस्तान्तरण गरे ।

नेपालगन्ज म्याराथन ऐम्सबाट रुट प्रमाणित र ऐम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो । 

महानायक हमालले खेलकुदले समाजलाई एकताबद्ध बनाउने भन्दै म्याराथुनले पनि एकताबद्ध बनाउने बताए ।

नेपालगन्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको स्मरण गरे । उनले खेलकुद प्रतियोगीताले शहर र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु बताए  । 

नेपालगन्ज उप महानगरपालिकाका प्रमुख विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिदै आगामी बर्षदेखि बाँकेका सवै स्थानीय तहले प्रतियोगितालाई सहयोग गर्ने बताए  । 

कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले म्याराथन प्रतियोगिता अव नेपालगञ्जको मात्र नभएर सवैको भएको बताए । 

धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताए  ।
यसबर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार दौडलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । 

गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । 

पुरुषतर्फ म्याराथन ४२.१९५किमी ,महिलातर्फ हाफ म्याराथन २१ किमी, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन ( ८ बर्षदेखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । 


प्रकाशित मिति: शनिबार, २६ कार्तिक, २०७९, २०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९