देशभन्दा ठूलो कुरा केहि पनि हुँदैनः काठमाडौँ क्षेत्र नं (२) उम्मेदवार सुनिल केसी

देशभन्दा ठूलो कुरा केहि पनि हुँदैनः काठमाडौँ क्षेत्र नं (२) उम्मेदवार सुनिल केसी


 देशभन्दा ठूलो कुरा केहि पनि हुँदैनः काठमाडौँ क्षेत्र नं (२) उम्मेदवार सुनिल केसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट कुन्ती पोखरेल र सुनिल केसीले उम्मेदवारी दिएका छन् ।

राप्रपाको उम्मेदवार सुनिल केसीसँग गरेको कुराकानीः

मौन अवधि पनि सुरु हुन लाग्यो, तपाईँको क्षेत्रमा चुनावी माहोल केकस्तो बनिराखेको छ?

मैले पहिलो पटक उम्मेदवारी दिएको हुँ। चुनावी माहोल मैले साचेको भन्दा फरक पाए। धेरै राम्रो पाए। म विगत २१ वर्षदेखि समाज सेवा गर्दै आएको छु। मैले दिन मात्र जानेको छु। लिन जानेको छैन। उम्मेदवारी दिई सकेपछि मतदाताको घरदैलोमा मत माग्न जाँदा मैले सबैको सकारात्मक प्रतिक्रिया पाए। मैले हौसला पाएको छु। मलाई साथ दिन टोल नै घरदैलोमा हिँड्यो। 

घरदैलो कार्यक्रममा जाँदै गर्दा त्यहाँ केके समस्या देख्नु भयो? के भन्छन् मतदाता?

पहिलेका जनप्रतिनिधिले बोलेका कुरा पूरा गर्नु भएन। फेरि फर्केर आउँनु भएन भन्ने जनताको ठूलो गुनासो छ। रोजगारीको समस्या, शिक्षाको समस्या, सवास्थ्यको समस्या, खानेपानीको समस्या, बाटोको समस्या लगायत थुप्रै समस्या छन्। आफूले प्रतिबद्धता गरेका कुराहरू पूरा गर्नुपर्ने भएकाले मैले गर्न सक्ने कुरा मात्रै बालेको छु। जेष्ट नागरिकलाई घरघरमै स्वास्थ्य उपचारको सहज वातावरण, गुणस्तरीय शिक्षा, खानेपानीको लागि चाडोभन्दा चाडो पहल गर्ने, समस्यासम्बन्धित नागरिकसँग छलफल गरेर समाधानका उपाय खोज्ने समस्याको निवारण गर्ने सोच बनाएको छु। 

चुनावी खर्च कति गरिराख्नु भएको छ?

 म एउटा समाजसेवी हो। यस्ता खर्चबाट बचाएको पैसा गरिबलाई पढ्नका लागि हुन्छ। जाडोमा न्यानो लुगा लगाउनका लागि हुन्छ। म यो सोच बोकेर हिँडेको मान्छे हो। मैले समाजसेवी बन्न धेरै ठूलो मेहनेत गरेको छु। झन्डै २१ वर्ष काम गरेको छु। म जस्तो कहिल्यै दाग नलागेको मानिसले जाँडरक्सी खानदिने, पैसा खर्च गर्ने गरे भने समाजसेवी पक्कै पनि बन्दिन। कागजपत्र, घरदैलोमा जाँदा, खाजा खाँदा हुने खर्च छुट्टै कुरा हो। म भोट किन्ने लाखौं खर्च गर्ने कुराबाट टाढा छु। काठमाडौं एउटा शिक्षित ठाउँ हो। यहाँका जनता लाटा छैनन्। पुराना राजनीतिक दललाई हराएर स्वतन्त्रले जितेको हामीले देखेका छौँ। त्यसरी पैसा बाड्यो भने खाईदिन्छन् तर भोट सक्षम व्यक्तिलाई दिन्छन्। 

तपाईंले जित्नुभयो भने पहिले के काम गर्नु हुन्छ?

म सबै भन्दा पहिले शिक्षा, स्वास्थ्य, रोजगारीमा हुन्छ।गुणस्तरीय शिक्षामा दिन सक्यो भने देश समृद्धि र विकासतर्फ जान्छ। जेष्ठ नागरिकका लागि घरमै स्वास्थ्यको व्यवस्था गर्न सके अस्पतालमा पनि भिड कम हुन्छ। उहाँहरूलाई पनि सहज हुन्छ। त्यसपछि बाटोघाटोका कुराहरू छन् । मैले समाजसेवामा काम गरेकाले मलाई हरेक समस्या थाहा छ। गुनासो केन्द्र खोलेर आम जनताका समस्याको समाधान गरिने छ।

चुनाव लड्न केकस्ता चुनौतीहरू छन्?

म समाजसेवा गरेर मानिसको मन मुटुमा दिमागमा बसेको मान्छे भएकाले मैले मेरो लागि प्रतिस्पर्धी देखेको छैन। ११ हजार बढी मत ल्याएर जित्छु। मैले यो बोल्ने आधारहरू धेरै छन्। मैले नाम दिनको लागि मात्र उम्मेदवारी दर्ता गराएको होईन। म जनतासँग छलफल गरेर उठेको हुँ। म एक दुई मिडियामा बोलेर उठेको पनि हैन। म फेसबुकमा लेखेर उठेको पनि हैन। सबैको सल्लासुझाव लिएर उठेको हुँ त्यसैले मलाई सबैले माया गरेर भोट दिनुहुन्छ भन्नेमा विस्वास छ। 

मतदातालाई के भन्नुहुन्छ?

 देशभन्दा ठूलो कुरा केही पनि हुँदैन। देश, जनतापछि तेस्रो नम्बरमा आउँछ पार्टी ।  सबै मतदाताले स्वतन्त्र भएर राम्रो उम्मेदवारलाई भोट दिनुपर्छ। यसपालि हाम्रोलाई होइन राम्रोलाई भोट दियो भने देश समृद्धि र विकासतिर जान्छ। देश समृद्धि र विकासतिर जानु भनेको हामी सबैका लागि राम्रो हो। म देशैभरिबाट हाम्रोलाई नभई राम्रोलाई जिताउन सबै मतदातामा हार्दिक अनुरोध गर्दछु।


प्रकाशित मिति: बिहिबार, १ मंसिर, २०७९, २१:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९