पाल्पा–२ बाट एमालेका ठाकुर गैरे विजयी

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे विजयी


 पाल्पा–२ बाट एमालेका ठाकुर गैरे विजयी

प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरे निर्वाचित भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए ।

गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । उनीहरूको जीत–हारको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ । अब केहीबेरमा घोषणा हुने जनाइएको छ ।

०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उम्मेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्व सहकर्मी पनि हुन् ।


प्रकाशित मिति: शुक्रबार, ९ मंसिर, २०७९, १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९