अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग कसे लगनगाँठो

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग कसे लगनगाँठो


अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग कसे लगनगाँठो

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने ।

विवाह समारोहमा अभिनेता  सलिनमान बनिया, कोरियोग्राफर रामजी लामिछाने  लगायत उपस्थित थिए । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । 


प्रकाशित मिति: सोमबार, १२ मंसिर, २०७९, १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९