कविता–दाईजो

कविता–दाईजो


कविता–दाईजो

तिमी लैजाउँ मसँग अलिकति 
पाउजुको धून 
लैजाउँ आँखाको किनारमा मुस्कुराइरहेको 
गाजलु मुस्कान 
तर नदेखाउँ मेरै आँगनमा उभिएर 
दाईजोको सूची 
बरू म सेकाएर बस्नसक्छुँ बर्फिला 
ओठहरूले जीवन 
तर म आगो बन्न सक्दिनँ ।

बरू तिमीसँगै राख संस्कारका बुट्टाहरू 
भर्नबाँकि तिम्रा सर्टिफिकेटका ठेलीहरू ।
तर यो डिजीटल समयमा  
तराजुका काँटाहरूमा जोख्न जीवन
कृपया तिमी नउभिनु दाईजोको सूची समाएर मेरो आँगनमा ।

मेरो आँगनभरि छन् आगोले जलेकी 
फुपूका डामहरू निल्न नसकेर 
मेरा वापुजीले थुकेका गुर्जापानका 
राता धब्बाहरू 
तिनै पानका धब्बाहरूमाथि झोक्राएका छन् इतिहासका 
अनेकौं कुरूप क्रूरताहरू 
कोर्राले डामीएका शरिरहरू
आधा जलेका शरिरहरू 
र जल्दै गरेका शरिरहरू ।

बरू म निर्वासित हुन सक्छु 
आयात– निर्यातका यी अग्ला पर्खालहरूबाट।
म च्यातेर कंगनका परिधिहरू 
उचाल्दै आफ्नो प्राचिन फरिया 
भनिदिनसक्छुँ 
मैलेपनि जन्माएकी छुँ योद्धाहरू 
मेरै रगतका थोपाहरूले 
बाँचेखुचेको यो सभ्यतामा उभिएर 
तिमी फेरि मलाई नै देखाइरहेका छौँ दाइजोको सुची ।

यी दिलोका मिलन हें लाभका सौदा नहीं 
अगर तुँ यीं मान्ता नहीं 
यादकर अभिभी असली पूतना मरी नहींू।

मै तरल हुनुपर्ने 
मै ठोस हुनुपर्ने 
मै बाफ हुनुपर्ने 
मै यात्रा हुनुपर्ने 
मै बाटो हुनुपर्ने 
फेरि 
शून्य आकारको घुम्टो ओढेर 
मै बाँधिनुपर्ने एउटा निश्चित वृतभित्र 
थाहा छैन फेरि पनि तिमीले किन 
ल्याएका हौँ ,बाङ्गा  टिङ्गा अक्षरमा 
लेखिएको दाईजोको सूची ।

हेमन्त शिशिर 
ढकारी ८ अछाम


प्रकाशित मिति: बुधबार, २७ पुस, २०७९, १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९