गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा 'दुई दिनको जिन्दगि-हुटिट्याउ' सार्वजनिक (भिडियोसहित)

गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा 'दुई दिनको जिन्दगि-हुटिट्याउ' सार्वजनिक (भिडियोसहित)


गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा 'दुई दिनको जिन्दगि-हुटिट्याउ' सार्वजनिक (भिडियोसहित)

नेपाली गीत संगीत बजारमा दिनहु गीत संगीत भिडियो सार्वजनिक भैरहेका बेला बहुप्रतिभाका धनि गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा बिल्कुलै नयाँ फरक स्वादमा लोक तथा आधुनिक गीत (दुई दिनको जिन्दगि-हुटिट्याउ) गीतको भिडियो सार्वजनिक भएको छ ।

गीत एकदम लोक फ्लेवरमा गायक दिपकराजले संगीत तथा संगीत संयोजन गरेका छन,गीतमा शब्द सर्जक स्व.गीतकार देवीलाल अधिकारि र उनका सुपुत्र बहुआयामिक गीतकार अनिल अधिकारी (अनिश्चित) को रहेको छ । उक्त सार्वजनिक गीतलाई मिक्सिङ मास्टरिङ पनि गायक संगीतकार स्वयम दिपकराज विश्वकर्माले गरेका हुन् ।

गीतको भिडियोमा निर्देशन बिनोद भण्डारी, छायांकन राम केसी, नृत्य निर्देशन प्रशान्त मगर, सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा प्रशान्त मगर र आयुष्मा कार्कीको मनमोहक अभिनय देख्न पाईन्छ । गीत जति सुन्दर बनेको छ। गीतलाई जसरी बुवाले सुन्दर शब्दद्वारा सुरुवात गर्नु भएको थियो। उक्त गीतलाई मैले पुरा गरेर अडियो जसरी मेहनत गरेर राम्रो बनाएका छौं, त्यसरी नै भिडियो पनि उत्तिकै चाखलाग्दो र रमाईलो बनेको छ,भन्छन-उक्त सार्वजनिक गीतका गीतकार अनिल अधिकारी । भिडियोलाई भने कटेरो क्रियशन यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त गीतको रमाईलो भिडियो ।


प्रकाशित मिति: शुक्रबार, १३ माघ, २०७९, १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९