गुरुङ स्पोर्ट्स हाउस कप मंगलबारदेखि

गुरुङ स्पोर्ट्स हाउस कप मंगलबारदेखि

१५ लाख रुपैया लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ


गुरुङ स्पोर्ट्स हाउस कप मंगलबारदेखि


काठमाडौं । गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा सञ्चालन हुने प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु हदै छ ।

पाँचदिने प्रतियोगिताम ा१६ टोलीको सहभागितानिश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए । 

पन्ध्र लाख रुपैया लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलीबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ  । यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । 

प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच  खेलाडी  समाबेश हुन् छन् । चार खेलाडी मैदानमा ृपस्थितहुने छन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष बासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भुमिका रहेको  छ । 
पत्रकार सम्मेलनमा नेपाल भलीबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ, उपध्यक्ष निरोज मास्के, सचिव मनबीर छन्त्याल, सदस्य राजकुमार गुरुङ, रिता कोइराला, श्रीराम बोगटी र  टेक बहादुर राज भण्डारीको उपस्थिती थियो ।

 


प्रकाशित मिति: सोमबार, १३ मंसिर, २०७८, २१:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९