खेलकुदको समस्या समाधान गरेर अगाडि बढ्ने : सदस्यसचिव

खेलकुदको समस्या समाधान गरेर अगाडि बढ्ने : सदस्यसचिव

खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।


खेलकुदको समस्या समाधान गरेर अगाडि बढ्ने : सदस्यसचिव


काठमाडौं, । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् ।

सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो ।
बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा प्रशासनिक र  प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइएको थियो ।

बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले परिषद्मा रहेको विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउदै खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले क्रमैसंग बाँकी शाखा र विभागका प्रमुखसंग पनि छलफल गर्ने जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, १५ मंसिर, २०७८, २१:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९