सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।


सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट


काठमाडौं । सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु–१६ को ब्वाइजमा सुदीप र केटीमा सुष्मा तथा यु–२० को ब्वाइजमा युवराज र केटीमा  सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र केटीमा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको केटामा मा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र केटीमा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको केटामा  कञ्चनपुरका सन्जिव नेपाली (२० मिनेट ३.९ सेकेन्ड) र केटीमा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको केटामा  मोरङका सागर यादव (१.६६ मिटर) र केटीमा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन १०.७० मिटर र केटीमा दाङकी सुशिला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते ।

यु–१६ १ सय मिटर दौडको केटामा  वीरगन्जका आदेशकुमार यादव ११.२४ सेकेन्ड र केटीमा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको केटामा  बाग्लुङका बादल कार्की (२ मिनेट ७.८४ सेकेन्ड) र केटीमा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रकाशित मिति: मंगलबार, २१ मंसिर, २०७८, २०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९