एपीएम टेबलटेनिस पुस पहिलो साता

एपीएम टेबलटेनिस पुस पहिलो साता

प्रतियोगितामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपीएमका निर्देशक दानबहादुर महताले जानकारी गराए ।


एपीएम टेबलटेनिस पुस पहिलो साता


काठमाडौँ । नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपीएमका निर्देशक दानबहादुर महताले जानकारी गराए ।

पुरुष÷महिला सिंगल्स, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रानको सिंगल्सतर्फ ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि स्पर्धामा खेल हुने छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । सबै ८ स्पर्धाका विजेतालाई सिओम टेबलटेनिस नेपालले ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराउने छ ।

प्रतियोगितामा करिब ३ सय २० खेलाडीको सहभागिता रहने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु भैसेपाटीमा हुने छ ।
प्रतियोगितालाई सांग्रिला डेभलोप्मेन्ट बैंक लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ । सांग्रिलाका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र एपीएमका निर्देशक दानबहादुरले सम्झौता पत्रमा हस्ताक्षर गरे । सांग्रिलाले १ लाख सहयोग गर्ने सांग्रिलाकी मार्केटिङ हेड अर्पणा वज्राचार्यले जानकारी गराइन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले खेलकुदसंग पहिलो पटक जोडिएको बताउदै तत्काललाई सम्झौता प्रथम संस्करणका लागि मात्र भएको बताए । उनले आगामी संस्करणमा प्रायोजनले निरन्तर पाउने प्रतिबद्धता जनाए ।

सोही अवसरमा नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिसनका सदस्य पूर्णशंकर श्रेष्ठ र एपीएमका अधयक्ष महताबीच पनि सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । श्रेष्ठले व्यक्तिगत ३ लाख प्रायोजन गर्ने बताए ।


प्रकाशित मिति: बिहिबार, २३ मंसिर, २०७८, २०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९