एनआईसी एशिया बैंकद्धारा भलिबल टोलीलाई खेल पोशाक हस्तान्तरण

एनआईसी एशिया बैंकद्धारा भलिबल टोलीलाई खेल पोशाक हस्तान्तरण


एनआईसी एशिया बैंकद्धारा भलिबल टोलीलाई खेल पोशाक हस्तान्तरण

काठमाडौं, । बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आज खेल पोशाक हस्तान्तरण गरेको छ । 

थापाथली स्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महिला टीमकी कप्तान अरुणा शाही, पुरुष टीमका कप्तान इम रानामगर र महिला टीमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोशाक हस्तान्तरण गरेका हुन् । 

नेपालको नेतृत्व गदै बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना ब्यक्त गदै प्रमुख कार्यकारी अधिकृत  न्यौपानेले भने– खेलाडी प्रशिक्षक तथा सहभागि टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्वमहसुस गरेका छौं । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हाउसबाट योगदान दिन हुन पनि अनुरोध गर्दछु । 

सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चाँसोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार ब्यक्त गदै आगामी दिनमा पनि एनआईसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास ब्यक्त गरे ।  बिदाई तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी, बैंकका सहायक महाप्रबन्धक नेपाल भलिबल संघका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।

बैंकले महिला तथा पुरुष टीमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुता, स्पोर्टस् ब्याग, निक्याप र मोजा उपलब्ध गराएको थियो ।


प्रकाशित मिति: आइतबार, ४ पुस, २०७८, १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९