सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ


सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएर हेर्दाहेर्दौमा रहेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दिएको निवेदनलाई सँगै राखेर आइतबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गर्दै धरौटीमा छाड्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण भएको तर्क गरेका थिए । उनीहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए


प्रकाशित मिति: सोमबार, १५ फागुन, २०७९, ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९