स्ववियु निर्वाचन : सरस्वति क्याम्पसमा अखिलको ‘पंगेनी टिम’ विद्यार्थीको रोजाई

स्ववियु निर्वाचन : सरस्वति क्याम्पसमा अखिलको ‘पंगेनी टिम’ विद्यार्थीको रोजाई


स्ववियु निर्वाचन : सरस्वति क्याम्पसमा अखिलको ‘पंगेनी टिम’ विद्यार्थीको रोजाई

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको संघारमा ठमेलस्थित सरस्वति क्याम्पस लैनचौरमा अनेरास्ववियुका सभापतिका उम्मेद्वार युवराज पंगेनीको टिम विद्यार्थीहरुको रोजाई बन्दै गएको छ । 

अनेरास्ववियुले पंगेनीको नेतृत्वमा क्याम्पसमा अहोरात्र क्रियाशील उम्मेद्वारहरुको टिम अगाडि सारेपछि ५ चैतमा हुने निर्वाचनमा विद्यार्थीहरुले स्वतस्र्फूत ‘‘टुरिष्ट हराऊँ, अखिल जिताऊँ’’ अभियान संचालन चलाउन शुरु गरेका छन् । यो अभियानले सरस्वतीमा अनेरास्ववियुको जितका पक्षमा माहौल सिर्जना हुँदै गएको छ । 

 ‘‘गुणस्तरीय जीवन उपयोगी शिक्षा हाम्रो अभियान ः जिम्मेवार नेतृत्वको लागि चैत्र ५ मा अनेरास्ववियुलाई मतदान’’ नाराका साथ अनेरास्ववियु निर्वाचनमा होमिदाँ  विद्यार्थीहरुले अखिलको जित सुनिश्चितका लागि स्वतस्फूर्त त्यस्तो अभियान अघि बढाएको विद्यार्थी अगुवा सन्तोष काफ्लेले बताए  ।

अनेरास्ववियुबाट सभापति पंगेनीको नेतृत्वमा सचिवमा प्रकाश गुप्ता र कोषाध्यक्षमा अस्मिता अंगाइले उम्मेद्वारी दिएका छन् । त्यस्तै, सदस्यहरुमा राजेश पौडेल, इश्वर शर्मा, दिपेन प्रसाइँ, अनिशा ओस्ती, उज्वल तामाङ, मोतिलाल भुसाल, विवेकराज जोशी र पदम विक्रम थापा उम्मेद्वार बनेका छन् ।  

अनेरास्ववियुसँग नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा एसको दीर्घ अनेरास्ववियू, विप्लव नेतृत्वको अखिल क्रान्तिकारीसहित पाँच संगठनले गठबन्धन गरेर प्रतिस्पर्धा गर्ने प्रयास गरेका छन् । पाँच विद्यार्थी संगठनको गठबन्धनबाट सभापतिमा नेविसंघका मुस्कान राज गौतम, सचिवमा अखिल क्रान्तिकारीका राजेशबाबु बगाले र कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट दीर्घ अनेरास्ववीयूका हर्कबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । 

त्यस्तै, सदस्यहरुमा मन्दिप मल्ल, मनिष राज बस्नेत, सुस्मिता अधिकारी, दिपेश श्रेष्ठ, लालबहादुर खत्री, कमल सिंखडा, अस्मिता देवकोटा र बजिरसिंह ढोली उम्मेद्वार बनेका छन् ।  

सरस्वती क्याम्पसमा विद्यार्थी संख्याको आधारमा उपाध्यक्ष, सहसचिव र सदस्यसहित १० जनाको समानुपातिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ भने सभापतिसहित ११ जना निर्वाचित हुनेछन् । 

 प्रष्ट वक्ता, मिजासिला वौद्धिक व्यक्तित्व– युवराज पंगेनी 

अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेद्वार २६ वर्षीया पंगेनी विद्यार्थी हकहितका लागि लामो समयदेखि अहोरात्र क्रियाशील छन् । उनी क्याम्पसमा स्पस्ट वक्ता, मिजासिला, सहयोगी र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन् । अनेरास्ववियुका प्रारम्भिक कमिटीका अध्यक्षसमेत रहेका पंगेनी ११ वर्षदेखि सोही क्याम्पसमा विभिन्न हिसाबले  क्रियाशील हुँदै आएका छन् ।

अनेरास्ववियु रोज्नुअघि अन्य विद्यार्थी संगठनको विचार र कामको पनि तुलानात्मक अध्ययन गरेको बताउने पंगेनी  युवा केन्द्रित राजनीति, विद्यार्थीको समस्या समाधानमा अहोरात्र लाग्ने र भद्र विद्यार्थीहरुको समूह  अखिल भएको  निचोडमा पुगेर संगठनमा आबद्ध भएको बताउँछन् । ‘विभिन्न विकृति–विसंगतिविरुद्ध लड्न आवाज बुलन्द गर्ने एकमात्रै विद्यार्थी संगठन पनि अनेरास्ववियु नै रहेछ ।’ पंगेनीले अखिलमा आवद्ध हुनुको कारण खोतल्दै भने ।

त्यसो त, जुन दिनदेखि सरस्वती क्याम्पसमा पंगेनीले अनेरास्ववियुको नेतृत्व तहमा रहेर राजनीति गरे, त्यस दिनदेखि विद्यार्थीहरुले भोग्नुपरेको धेरै समस्या न्यूनिकरण भएको क्याम्पसमा चर्चा चल्दै आएको छ । क्याम्पसमा सांस्कृतिक कार्यक्रम, रगत अभावका बेला रक्तदान, स्वागत कार्यक्रम, महामारीका बेला किटनाशक औषधि छर्किनेदेखि तालिम, खेलकुदका विभिन्न कार्यक्रम, नियमति पठनपाठन प्रभावकारी बनाउने लगायतका काममा पंगेनीले अगुवाई गर्दै आएका छन् । 
 

यस्ता छन्, अखिलका उम्मेद्वारको प्रतिबद्धता 

देशमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन नसक्दा विग्रिएको शैक्षिक वाताबरणलाई सुधार गर्दै क्याम्पसलाई शैक्षिक प्राज्ञिक थलोका रुपमा विकास गर्न साझा प्रयास गर्ने अनेरास्ववियुका उम्मेद्वारहरुको प्रतिबद्धता छ । 

एक हजार विद्यार्थी अध्ययन गर्ने एउटा नीजि क्याम्पसमा धेरै सुविधा हुन्छ तर ६ हजारसम्म विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा सामान्य सुविधाहरु पनि नहुनु विडम्बनाको विषय भएको सभापतिका उम्मेद्वार पंगेनी बताउँछन् ।  स्ववियुमा अनेरास्ववियुको नेतृत्व पुगेपछि न्युनतम सुविधा दिलाई छाड्ने पंगेनीको प्रतिबद्धता छ ।

त्यस्तै, कोषाध्यक्षकी उम्मेद्वार अस्मिता अंगाईले जितपछि अनेरास्ववियुको टिमले युग सुहाउँदो प्रविधिमैत्री शिक्षामा जोड दिइने प्रतिबद्धता व्यक्त गरिन् ।
सरस्वतीमा विद्यार्थीको सुःख–दुःखको सारथी अनेरास्ववियु

२०४६ को जनआन्दोलन र २०६२÷६३ सालको दोस्रो जनअन्दोलनमा नेतृत्वदायी भूमिकामार्फत गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पु¥याएको सरस्वती क्याम्पसको अनेरास्ववियु विद्यार्थीहरुको सुःख–दुःखको सारथीका रुपमा लोकप्रिय छ । प्राकृतिक विपत्तिमा विद्यार्थीहरुलाई सहयोग गर्ने, क्याम्पसको शैक्षिक समस्या समाधानमा स्थानीय कमिटीले सँधैभरी अगुवाको भूमिका खेल्दै आएको छ ।   

सभापतिका उम्मेद्वार पंगेनी भन्छन्, ‘हामी सँधैभरी विद्यार्थीमाझ छौ, अरु विद्यार्थी संगठनका नेताहरु चुनावको वेला बल्ल देखिए, हामीले दुःखसुखमा विद्यार्थीलाई साथ दियौं, कोरोना र डेंगु प्रकोपका बेला पनि विद्यार्थीको समस्या पहिचान गर्दै समाधान ग¥यौं, राहत सहयोग ग¥यौं ।’ 

मोर्चा बनाएर प्रतिस्पर्धाको प्रयास गरिरहेका अन्य संगठनहरु चलायमान नदेखिएको, मतदाताको झुकाव कम रहेको, मोर्चाबन्दीभित्र पनि असन्तुष्टि, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको समस्या समाधानमा उदासिनतालगायतका कमजोरीका कारण जित सुनिश्चित देखिएको अनेरास्ववियुको दाबी छ ।  
सरस्वतीमा विद्यार्थीहरुलाई लेखा तालिम दिएर दक्षता बृद्धि गर्ने कामको अगुवाई अनेरास्ववियुले गरेको छ । २०७२ सालको भूकम्पमा पीडित विद्यार्थी तथा तिनका परिवारसम्म पुगेर राहत वितरण, कोरोना महामारीका बेला यातायातका साधनमा विद्यार्थीलाई सहुलितपूर्ण भाडा दिलाउने कामको अगुवाईमा पंगेनी नेतृत्वको अनेरास्ववियु सफल भएको छ ।  

विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका, प्रशासनिक र शैक्षिक उन्नयनका लागि गरेको पहल, क्याम्पसमा विभिन्न किसिमका संकाय ल्याउनका लागि खेलेको भूमिकालगायत पक्ष नै आफूहरुको जित्ने आधार भएको सचिवका उम्मेद्वार प्रकाश गुप्ता बताउँछन् ।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेछ । स्ववियु निर्वाचन देशभरिका त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । 

क्याम्पसमा ३ हजार ४ सय ५३ जना मतदाता छन् । विद्यार्थी संख्याको आधारमा प्रत्यक्ष र समानुपातिक गरी २१ जनाले यस क्याम्पसको स्ववियुमा प्रतिनिधित्व गर्नेछन् ।
 


प्रकाशित मिति: शनिबार, ४ चैत, २०७९, १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९