टीकापुर साहित्य महोत्सव सुरु

टीकापुर साहित्य महोत्सव सुरु


टीकापुर साहित्य महोत्सव सुरु

कैलाली । कैलालीको टीकापुरमा आजबाट ‘टीकापुर साहित्य महोत्सव’ सुरु भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा त्यहाँ पहिलो पटक साहित्य महोत्सव सुरु गरिएको हो ।

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ ।

महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहने बताइएकाे छ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् ।

महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले साहित्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ ।


प्रकाशित मिति: शनिबार, २५ चैत, २०७९, १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९