टाइम्सलाई सफलता

टाइम्सलाई सफलता


टाइम्सलाई सफलता

काठमाडौं, । टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित ग¥यो । टाइम्सको जितमा मनीष केसीले २६ अंक योगदान गरे ।

दोश्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा २६–१२, तेश्रोमा २७–२२ र चौथोमा २५–२१ को अग्रता लिएको थियो ।

अर्को खेलमा विराज राणाको १८ अंक सहयोगमा गोड्सले स्कल क्यान्डीलाई ६५–५० ले हरायो । चौथो तथा अन्तिम क्वाटरमा गोड्सले जितको महत्वपूर्ण आधार खडा ग¥यो । त्यसमा गोड्सले २५–९ को अग्रता बनाएको थियो ।

सुरुका तीन क्वाटरमा गोड्सले क्रमशः १२–१३, १२–२१ र १६–१५ को प्रदर्शन ग¥यो । गोड्स र स्कलले समान २–२ खेल खेलेका छन् । दुवैले समान १–१ जित÷हार आत्मासात् गरेका छन् । अघिल्लो दिन आइतबार गोड्स रोयल बास्केबलसंग पराजित भएको थियो भने स्कलले क्याम्पियनलाई हराएको थियो ।

शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार ३ खेल हुने छ । बिएमके र कीर्तिपुर बास्केटबल, टाइम्स र गोल्डेनगेट तथा रोयल र क्याम्पियनबीच खेल हुने छ ।


प्रकाशित मिति: सोमबार, १९ पुस, २०७८, २०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९