बर्दियाली कलाकार समाजको अध्यक्षमा बिसी र महासचिवमा वाग्ले

बर्दियाली कलाकार समाजको अध्यक्षमा बिसी र महासचिवमा वाग्ले


बर्दियाली कलाकार समाजको अध्यक्षमा बिसी र महासचिवमा वाग्ले

काठमाडौँ, । नेपाली कला,भाषा, साहित्य,गीत, संगीत र संस्कृतिका विविध विधामा क्रियाशील बर्दियाली कलाकर्मीहरुको हकहित र संरक्षणको  उद्देश्यका साथ गठन भएको बर्दियाली कलाकार समाजको प्रथम साधारण सभा  सम्पन्न भएको छ।

सभाले लोक गायक तथा  संगीतकार कमल बि.सी. माल्दाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ ।

समाजको उपाध्यक्षमा गायिका पुर्णकला बिसि महासचिवमा गायक तथा संगीतकार  बिपी वाग्ले, सचिवमा गायक आरके थारु, कोषाध्यक्षमा गायिका अनिता चलाउने, सहकोषाध्यक्षमा चर्चित मोडल अञ्जली अधिकारी निर्बिरोध निर्बाचित भएका छन्।

यस्तै सदस्यहरु मोडेल टिका जैसी, कलाकार नरेश एमसी, म्युजिसियन सन्देश अधिकारी, कोरियोग्राफर अभिषेक वाग्ले, मोडेल अस्मिता पुरी, मोडेल प्रिजोल भण्डारी, गायक गगन बहादुर सिङ्ग, हास्यकलाकार युद्ध मगर, कलाकार महिमा कुश्मि, कलाकार केशब शाहि र कलाकार राजेश थारु समेत निर्वाचित भएका छन्।

बर्दिया जिल्लाबाट प्रतिनिधित्त्व गर्दै कलाकारिता जगतमा स्थापित  भएका तथा स्थापित हुन सघर्षरत कलाकर्मीहरुको साझा  संगठनको रुपमा रहेको बर्दियाली कलाकार समाजको सभामा करिव दुई सय जना भन्दा बढीको सहभागिता रहेको थियो । 

साधारण सभालाई  उदघाटन सत्र र बन्द सत्र गरी दुई भागमा विभाजन गरिएको थियो भने कार्यक्रमको पहिलो सत्रमा भूमि ब्यवस्ता,सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री रन्जिता श्रेष्ठ चौधरी   प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा कलाकार समाजलाई सहयोग पुर्याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 

 कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व सिचाई मन्त्री संजय गौतमले आफु अभिभावक भएर बर्दियाली कलाकार समाजलाई सधैं सहयोग गर्ने बताए । 

पूर्व खानेपानी मन्त्री अब्दुल खानले राष्ट्रको पहिचान कला क्षेत्रबाटै हुने भएकोले राज्यले नै कलाकार क्षेत्रको बिकासमा ठोस कदम चाल्नु पर्ने बताए ।

यस्तै समाजका अध्यक्ष कमल बिसीले कलाकारका हकहितमा काम गर्न र सुख दुखमा एकले अर्कोलाई सहयोग गर्न कलाकारहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सहजीकरण महासचिव विपी वाग्लेले गरेका थिए।

निर्वाचन मण्डलको संयोजकमा संस्थाका कानूनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्मा, निर्वाचन अधिकृतमा गायक संगीतकार भद्र वली एवम् संगीतकार कमल अधिकारीलाई आयोजकको तर्फबाट जिम्मेवारी दिएइको थियो।


प्रकाशित मिति: सोमबार, २७ चैत, २०७९, १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९