पक्राउ पूर्जी जारी भएपछि पूर्वगृहसचिव पाण्डे काठमाडौँ प्रहरी परिसर पुगे

पक्राउ पूर्जी जारी भएपछि पूर्वगृहसचिव पाण्डे काठमाडौँ प्रहरी परिसर पुगे


पक्राउ पूर्जी जारी भएपछि पूर्वगृहसचिव पाण्डे काठमाडौँ प्रहरी परिसर पुगे

काठमाडौँ । पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरमा पुगेका हुन् ।

पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए ।


प्रकाशित मिति: बुधबार, २० बैशाख, २०८०, १३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९