लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?


लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

बुटवल । लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

कांग्रेसबाट दाङका राजु खनाल र जसपाबाट बाँकेका भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देहीका चन्द्र केश गुप्ता मन्त्री बन्न लागेको बुझिएको छ । यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १४ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

लुम्बिनीमा १० मन्त्रालय छन् । अघिल्लो कार्यकालमा लुम्बिनीमा १३ मन्त्रालय र १७ मन्त्री बने पनि यसपटक तत्कालीन मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या १० मा झारेका थिए ।

लुम्बिनीमा आजै अपराह्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम तय भएको बताइएको छ ।


प्रकाशित मिति: सोमबार, ८ जेठ, २०८०, १२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९