विशाल मिलन केन्द्रको जित

विशाल मिलन केन्द्रको जित


विशाल मिलन केन्द्रको जित


काठमाडौं, । विशाल मिलन केन्द्र (बिएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित ग¥यो । बिएमकेका दिपसन केसीले २१ अंक जोडे ।

बिएमकेले पहिलो क्वाटरमा २१–९ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वाटरमा ८–७ को झीनो अग्रता कायम गरेको बिएमके तेश्रोमा ९–१४ र चौथोमा १६–१९ ले पछि प¥यो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा टाइम्स र रोयलले सफलता पाए । समान २–२ खेल खेलेका रोयल र टाइम्सको यो लगातार दोश्रो जित हो ।
टाइम्सले गोल्डेनगेटलाई ८४–६० ले हरायो । टाइम्सका मविन्द्र क्षेत्रीले २६ स्कोर गरे । चारै क्वाटर आफ्नो पक्षमा परेको टाइम्सले क्रमशः २२–१२, १६–१५, २४–१४ र २२–१९ स्कोर गर्‍यो

रोयलले क्याम्पियनमाथि ६५–४४ को सहज जित दर्ता ग¥यो । रोयलका निकेश मगरले १२ अंक बटुले । पहिलो क्वाटरमा १९–१२ को अग्रता लिएको रोयल दोश्रोमा १०–१२ ले पछाडि पर्‍यो। रोयल तेश्रोमा १७–९ र चौथोमा १९–११ ले अगाडि रह्यो ।

प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुने छ । टाइम्सले कीर्तिपुर, बिएमकेले गोल्डेनगेट, रोयलले स्कल क्यान्डी तथा गोड्सले क्याम्पियन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।


प्रकाशित मिति: मंगलबार, २० पुस, २०७८, १९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९