मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए दुई मन्त्री

मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए दुई मन्त्री


मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए दुई मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन्।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन्।

महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी (जसपा) बाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए। 


प्रकाशित मिति: मंगलबार, ९ जेठ, २०८०, १५:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९