अब लकडाउन होइन ‘स्मार्ट लकडाउन’ !

अब लकडाउन होइन ‘स्मार्ट लकडाउन’ !


 अब लकडाउन होइन ‘स्मार्ट लकडाउन’ !

काठमाडौँ, । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि  विद्यालय माघ  १५ गतेसम्म बन्द गर्नुको साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठि जस्ता कार्यक्रम बन्द गरेको छ । 

सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालय पनि सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । 

सङ्क्रमण दिनदिनै बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला  निर्णयले फेरि पनि बन्दाबन्दी अवस्थामा हुने सक्ने आमसर्वसाधारणको चिन्ता रहेको छ । सङ्क्रमणको पहिलो र दोस्रा लहरमा बन्दाबन्दीको अवस्था भोग्नु परेको नेपालीलाई फेरि पनि तेस्रो लहरमा भोग्नु त पर्ने होइन भनेर सर्वसाधारणमा चिन्ता रहेको छ । पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकोमध्ये २६२ सङ्क्रमित रहेकोमा हिजो पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकोमध्ये एक हजार ४४६ सङ्क्रमति र सात हजार ८५५ सक्रिय सङ्क्रमति पुगेको छ । यसरी अहिले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । 

यस्तै पुस २४ गते ९४४ जनामा सङ्क्रमण र सक्रिय सङ्क्रमित ६ हजार १४० जना, पुस २५ गते सङ्क्रमति सङ्ख्या एक हजार १६७ पुगेको र सक्रिय सङ्क्रमित छ हजार ७५५  


सङ्क्रमण दरको प्रवृति बढदै 

सङ्क्रमण दरको प्रवृत्ति पनि बृद्धि भएको छ । पुस १९ गते कुल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कुल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कुल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।

यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कुल सङ्क्रमण दर रहेको थियो । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन)को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन । 

मन्त्रालयका  सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । “बन्दाबन्दी बारेमा छलफल नै भएको छैन,” उनले भने, “हामी अहिले सङ्क्रमणका रोकथाम र नियन्त्रणमा ध्यान दिन्छौ । अहिल्यै नै बन्दाबन्दीबारे सोचेका नै छैनौ ।”

मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको हटस्पट हो, सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । 

उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ 

 “जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई त्यहाँ रहेको अस्पतालमा उपचार गर्न सकिन्छ । त्यो अवस्था हेरेर डिसिएमसीले ‘स्मार्ट लकडाउन’ गर्न सक्दछ,” उनले भने, “ सङ्क्रमित संख्या र उपचार गर्न सक्ने क्षमता हेरेर ‘स्मार्ट लकडाउन’  गर्ने अधिकार दिइएको छ ।”
मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन ५ लाख जनालाई खोप लगाउने सक्ने क्षमता मन्त्रालयसंगै रहेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताए । 
स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पु¥याइएको छ । मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सवैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ । बुस्टर डोज अग्रपंक्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा गम्भिर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका विरामी, एचआइभि भएका विरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका विरामीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो । 

ओमिक्रोन भेरियन्ट रोकथामको तयारी

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिनका लागि अस्पताललाई तयारी अवस्थामा राखेको छ । 
उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेसनको तयारी अवस्थामा राखेको

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो । उहाँका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार ८, एचडियु तीन हजार ८४६ रहेका छन् । 
यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटार १०७ मध्ये ८७ अक्जिसन प्लान्ट संचालनमा आइसकेको छ । 

उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शैय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् । प्रदेश नं. १ मा ११ वटा प्रदेश २ मा छ वटा, वागमति प्रदेशमा २१ वटा,  गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।  

मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताइन् । “समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेनमार्फत परीक्षण गर्न र पहिचान भएका सङ्क्रमितको उचित व्यवस्थापन गर्न समेत सवै स्थानीय तह र प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ, ” उनले भनिन् । 

यस्तै सिमा नाकामा कोरोना भाइरसको परीक्षण थप बढाउने र सङ्क्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको उनको भनाई रहेको छ । 
ओमिक्रोन भेरियन्ट पत्ता लगानका लागि मन्त्रालयले लागि नियमित जीन सिक्यन्सिङ गरिरहेको छ । 


 


प्रकाशित मिति: बुधबार, २८ पुस, २०७८, २०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९