बाबुराम जीलाई मार्चामा ल्याउन प्रयासरत छाैं : गृहमन्त्री श्रेष्ठ

बाबुराम जीलाई मार्चामा ल्याउन प्रयासरत छाैं : गृहमन्त्री श्रेष्ठ


बाबुराम जीलाई मार्चामा ल्याउन प्रयासरत छाैं : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समाजवादी माेर्चा नेपालमा ल्याउन प्रयासरत रहेकाे बताएका छन् ।

शनिवार एक पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । उनले मोर्चामा कुनै एउटै पार्टीको मात्रै निर्णय लागु नहुने भएकाले अहिले भट्टराईलाई समेट्न नसकिएकाे बताए ।

मन्त्री श्रेष्ठले भने, ‘बाबुराम जि सँग हामीले एउटै चुनाव चिन्हमा चुवाव लडिसकेको उहाँलाइ मोर्चामा ल्याउनुपर्छ भनेका हाैँ। तर मोर्चामा कुनै एउटै पार्टीको मात्रै निती लागु हुँदैन ।’ उनले भने, ‘यहि समस्याका कारण बाबुराम भट्टराई अहिले समाजवादी मार्चा नेपालमा नरहनु भएको हो ।’

मन्त्री श्रेष्ठले यसमा सबैको साझा सहमती चाहिने भएकाले अहिले भट्टराईसँग राम्रो सम्बन्ध राख्दै, सहकार्य गर्दै आगाडि बढिरहेकाे बताएका छन् ।

उनले भने, सबैको साझा सहमती हुनुपर्ने भएको कारणले अहिले उहाँलाई ल्याउन सकेका छैनौँ । हामी उहाँसँग राम्रो सम्बन्ध राख्दै, सहकार्य गर्दै आगाडि बढ्छौं ।’

 


प्रकाशित मिति: शनिबार, ३० असार, २०८०, १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९