काठमाडौं । काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको ।
सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई गौशाला प्रहरीमा राखिएको छ ।
आफूसँग पटक पटक फाोन नगरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन् ।
सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९