एउटा नर्सको कोरोना कहरको अनुभव

एउटा नर्सको कोरोना कहरको अनुभव


 एउटा नर्सको कोरोना कहरको अनुभव

म कोरोना कहरको अग्रपंक्तिको सिपाही,  पेशाले एउटा रजिष्ट्रार नर्स, हाल Nursing entrepreneur बनेर निपूर्ण नर्सिङ क्यारियर इन्हन्स सेन्टरको प्रबन्ध निर्देशक रही एउटा संस्था चलाएर बसेको छु । नर्स भएको कारण पनि हुनसक्छ म एकदमै स्वास्थ्यप्रति संवेदनशील हुन्छु । अझै यो कोरोनाबाट बच्न विभिन्न सावधानी उपाय अपनाउँदा अपनाउँदै पनि म पनि यो तेस्रो लहरको ओमिक्रोन भेरियन्टबाट अछुतो हुन सकेन । 

अघिल्ला मंगलबारको साँझ एक्कासी मलाई शरीर दुख्न थाल्यो । आँखाबाट लगातार आशु बगिरह्यो, एकदमै चिसो भयो, टाउको फुट्ला जस्तो दुखेर आयो, अनि पाकेको खाना पनि नखाई छोरीहरुलाई पनि खुवाउन नसकी मेरो श्रीमान्लाई खाना खुवाउन भनि सुत्न गए तर मलाई एकदमै गाह्रो भयो, भोलिपल्ट झनै दुखाइ बढेर आयो, ज्वरो १०१ देखि १०२ डिग्रीसम्म आयो । शरीर सबै दुखेर उठनै सकिन, अनि घरमै पिसिआर परीक्षण गर्न वोलाएर कोरोना पोजेटिभ देखियो । 

अचम्मको हुँदोरहेछ यो virus पनि न काम गर्न सक्ने आँट हुने, न कसै सँग बोल्न मन लाग्ने, न खाना मन लाग्ने, भित्र भित्रै निराश छट्पटी एककिसिमको औडाहा हुने, रातमा शरीर तातेर बेडमा सुत्नै नसक्ने गरी थरथर काप छुट्ने, शरीर भित्रभित्र अंगअंग दुखेर नबस्न र नउठ्न सक्ने भए ।

यस्तै हिँड्न नसकिने, घाँटीको दुखाइ  asthma  को कारण श्वास फेर्ने नसकी जवरजस्ती श्वास लिदाको पीडा, कसैसँग नबस्न पाउने, न कसैले दुखेको ठाउँमा स्पर्श गरेर आड दिन मिल्ने, साँच्चै धेरै नै गा¥हो हुँदो रहेछ कोरोनाले । त्यो वेलाको पिडा अहिले शब्दमा कोरेर व्यक्त गर्न सकिँदैन । कोरोनाले मलाई छ दिन सुतायो र गलायो ।

भगवानको कृपाले छोरीहरू र मेरो श्रीमान्लाई केहि भएन  । उहाँहरुको माया, हेरचार र सहयोगले म अहिले बाँचेको छु । अहिले म ठीक छु । राम्रो हुँदै छ  । जाँदाजाँदै मलाई कोरोनाले  पाठ सिकाएको छ । 
–कोरोनालाई सामान्य ठानी लापरबाही नगरौं ।
– कोरोना लागेको बेला आफ्ना मान्छेको एकदमै साथ, माया, र सहयोगको आवश्यक हुन्छ त्यसको लागि emotionally, psychologically, socially support garna कन्जुस्याइँ नगरौ
–पौष्टिक तत्व प्रशस्त खाई, आफ्नो आत्मबल वृद्धि गरौं । 
–सम्बन्धित व्यक्ति संस्थाको सल्लाह सुझाब लिउँ, भ्रमबाट टाढा रहौं ।
यो रोग जो कसैलाई जुनसुकै बेला लाग्न सक्छ ।  आफूलाई लाग्यो भने अरूलाई नसरोस् भनि आइसोलेसनमा बसौ । भौतिक दूरी कायम गरौँ सुरक्षित मापदण्ड अपनाएर बसौ । सबै मिली यो महामारीको लडाइँमा बिजयी बनौँ । 

विष्णु पाठक खड्का

 


प्रकाशित मिति: शुक्रबार, ७ माघ, २०७८, २२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९