काठमाडौँ, । सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रदेश र स्थानीय तहलाई गरेको विनियोजन बजेट सार्वजनिक गरेको छ। प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र पुँजीगततर्फको समपूरक अनुदानको विवरण सार्वजनिक गरेको हो।
अन्तरसरकारी वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको तथ्यांकअनुसार सात प्रदेशलाई संघले एक खर्ब २९ अर्ब ४६ करोड विनियोजन गरेको जनाएको छ ।
त्यसैगरी स्थानीय तहलाई ३ खर्ब ३७ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ।
प्रदेश र स्थानीय तहलाई गरी सरकारले ४ खर्ब २९ अर्ब ८३ करोड २२ लाख दिएको छ।
यस्तै सरकारले ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड २९ लाख, ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड ३१ लाख रुपैयाँ दिएको छ।
२७६ नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड र ४६० गाउँपालिकालाई सरकारले १ खर्ब ४६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९