यू-१९ विश्वकप एसिया छनोट: नेपालको विजयी सुरुवात

यू-१९ विश्वकप एसिया छनोट: नेपालको विजयी सुरुवात

नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो


यू-१९ विश्वकप एसिया छनोट:  नेपालको विजयी सुरुवात

 काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए ।यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे । 


प्रकाशित मिति: शुक्रबार, २० जेठ, २०७९, २०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९