यू–१९ विश्वकप छनोटः ८ रनमा नेपाल अलआउट

यू–१९ विश्वकप छनोटः ८ रनमा नेपाल अलआउट

जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो


यू–१९ विश्वकप छनोटः ८ रनमा नेपाल अलआउट

आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्।

अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् । त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् । यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमवार भुटानसँग खेल्नेछ ।


प्रकाशित मिति: शनिबार, २१ जेठ, २०७९, १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९