गायक नाम्जा भोटेको 'ए मेरा छोरा' सार्वजनिक

गायक नाम्जा भोटेको 'ए मेरा छोरा' सार्वजनिक


गायक नाम्जा भोटेको 'ए मेरा छोरा' सार्वजनिक

गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि गायक संगीतकार गीतकार हुन्। ८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका भोटेले आधा दर्जन गीतहरु गाई सकेका छन् ।

अहिले भर्खर सार्वजनिक ए मेरा छोरा मार्मिक गीतमा शब्द, संगीत, स्वर, गायक भोटेकै रहेको छ। उनमा गीत संगीतमा केहि गर्ने जोश जाँगर संगै जुनुन पनि रहेको छ। उनी गाउन संगै शब्द कोर्न र संगीत गर्न पनि माहिर छन् ।

सार्वजनिक मार्मिक गीत (ए मेरा छोरा) गीतमा उनले आफ्नो सुमधुर आवाज संगै,मार्मिक कथा बस्तु र समाज भइरहने, एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पनि एक श्रीमान र श्रीमती मिलेर बस्नु पर्छ भन्ने भावलाई मार्मिक गीत (ए मेरा छोरा) मार्फत भिडियोमा देखाउने प्रयास गरेको गायक संगीतकार भोटे बताउछन् ।

सार्वजनिक गीत सुमधुर का साथै कथा पनि उस्तै मार्मिक रहेको छ। गीतमा संगीत संयोजन रुद्र श्रेष्ठको रहेको छ। गीतलाई दाजुभाई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा निर्देशन र छायांकन सन्तोष सुबेदी,सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ ।

गीतको भिडियोलाई गायक नाम्जा भोटेको आफ्नै यूट्यूब च्यानलमा हेर्न सकिन्छ, हाम्रो तर्फ बाट गायक संगीतकार नाम्जा भोटेलाई आगामी सांगीतिक यात्राको हार्दिक शुभकामना,आउनुहोस हेरौं सार्वजनिक उक्त गीतको भिडियो ।

https://youtu.be/3BzI2_Wmtlw 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, २१:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९